आइतवार, फाल्गुन २०, २०८०

कृषि कार्यक्रममा पौने दुई करोड रुपियाँ खर्च

झापा, ३० भाद्र । कृषि विकास कार्यालय झापाले गएको आर्थिक वर्षमा कुल रु एक करोड ८२ लाख १३ हजार ३८२ बराबरको रकम कृषि विकास कार्यक्रममा खर्च गरेको जनाएको छ ।
सो रकम मध्ये कृषि प्रसार कार्यक्रममा रु ६५ लाख ९० हजार ३८२, एकीकृत बालीमा रु १९ लाख ७८ हजार ७९२, सहकारी खेती साना सिँचाइमा रु ४७ लाख २१ हजार ५०, अभियानमुखी मत्स्य विकास कार्यक्रममा रु १४ लाख ७४७, अभियानमुखी मकै भटमासका लागि रु एक लाख ५३ हजार ४२५, कृषि व्यवसाय प्रचार बजार विकास कार्यक्रममा रु तीन लाख ९९ हजार ८२० खर्च गरेको छ ।
त्यस्तै, बाली संरक्षणमा रु दुई लाख १० हजार, आलु तरकारी तथा मसला विकास कार्यक्रममा रु २२ लाख १६ हजार ४२०, दीर्घकालीन कृषि योजनामा रु दुई लाख, राष्ट्रिय विकास स्वयम्सेवक सेवामा रु ४३ हजार र जिल्ला विकास समितिको अनुदान रु तीन लाख पनि कृषि विकासमा खर्च गरेको वरिष्ठ कृषि अधिकृत मेघानाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमवार, भदौ ३०, २०७१