शुक्रबार, चैत्र १६, २०८०

जिल्ला जिल्लामा कृषि अनुदान

DSC01887काठमाडौ, २९ भाद्र । व्यवसायिक कृषि तथा व्यापारलाई प्रोत्साहन गर्दै विगतका वर्षहरुमा भन्दा फरक ढङ्गले जिल्ला–जिल्लाहरुमा अनुदान पु¥याउने कार्यक्रम प्याक्टले गरेको भन्दै कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले खुशी ब्यक्त गर्नुभएको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले आज हरिहर भवनमा आयोजित पुरक अनुदान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री पराजुलीले सो कुरा बताउनु भएको हो  । कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपाली कृषि क्षेत्रको विकास र उन्नतीका लागि सवै एकजुट भएर लाग्नु पर्ने समेत बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले किसानले जुनसुकै खालको अनुदान लिनका लागि प्रस्तावना पेश गर्दा किसान स्वयंले नेपालीमै लेख्ने आग्रह गर्नु भयो । सचिव खनालले  प्याक्टको परियोजना कृषि विकास मन्त्रालय र विश्व बैंकको सहयोगमा  सञ्चालन भएकोले सो अनुदानका बारेमा किसानहरुलाई जानकारी गराउन मातहतका कर्मचारीहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा आयोजना निर्देशक योगेन्द्र कार्कीले आयोजनाले अनुदानका सूचना प्रवाह र किसानलाई दिने सेवा सुविधामा कुनै पनि ढिला सुस्ती नहुँदै प्रतिवद्धता व्यक्त गर्दे आयोजना सम्वन्धि कार्यपत्रसमेत पेश गर्नु भएको थियो । प्याक्टले प्रदानगर्ने अनुदान अवका दिनमा प्याक्टका क्षेत्रीय कार्यालयहरु मार्फत दिने भएकाले अनुदान जिल्ला जिल्लामा पुगेको सहभागीले छफफलमा बतानु भएका थिए ।  –कमला नेपाल

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७१