शुक्रबार, बैशाख ७, २०८१

सवैको मुखमा प्याक्ट

काठमाडौं,२९ भाद्र । नेपाली कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । त्यत्तिमात्र नभई कृषि क्षेत्रको मूल्य श्रृखला बढाउन होस् वा किसानका खेतमा सिंचाई सुविधा पु¥याउन विभिन्न आयोजनाहरुले अनुदान सहयोग उपलब्ध गराउँदै आईरहेका छन् । कृषि विकास मन्त्रालय र कृषि विभाग मातहत रहेर करीव एक दर्जन भन्दा बढी कृषि क्षेत्रमा सहयोग गर्ने आयोजनाहरु सञ्चालनमा भएको भएपनि मन्त्री, सांसददेखि व्यवसायीहरुको मुखमा समेत व्यवसायिक कृषि तथा व्यापार आयोजना अर्थात प्याक्टको नाम कण्ठस्थ छ ।
जुनसुकै जिल्लाका नेताहरु हुने वा ठूला कृषि व्यवसायिहरु सवैले कृषि विकासको क्षेत्रमा प्याक्टको नाम बाहेक अरुको उच्चारण समेत गर्न सक्दैनन् । प्याक्ट सरहका अन्य आयोजनाहरु सञ्चालनमा भएको भएपनि प्याक्ट आयोजना विकेन्द्रिकृत र सम्पूर्ण अधिकार क्षेत्रीय कार्यालयहरुसँग भएकाले त्यस्तो भएको आयोजना निकट स्रोत बताउँछ । तर अन्य ठूला ठूला कृषिका आयोजनाहरु सञ्चालनमा आईरहेको भएपनि प्याक्ट कै बढी चर्चा हुनुको रहस्य के हो अझै खोजीको विषय बनेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७१