शनिबार, बैशाख १, २०८१

सरुवाको सूचना पाउन मुश्किल

mantralaya
काठमाडौं,२९ भाद्र । कृषि विकास मन्त्रालयमामा जिल्ला कृषि विकास कार्यालयका प्रमुखहरुको व्यापक सरुवा भएको भएपनि मन्त्रालय प्रशासनले अझै पनि निर्णय नभएको भन्दै सरुवाको जानकारी गराउन चाहेको छैन । यतिखेर कृषि विकास मन्त्रालयमा सरुवाको पत्र बुझ्न आएका प्रमुखहरु आफू फलानो ठाउँमा सरुवा भईसकेको तर अझै टुङ्ग लाग्न नसकेको बताईरहेका छन् ।
कृषि अनलाईनले कृषि मन्त्रालयमा व्यापक सरुवा सम्वन्धी समाचार संप्रेषण गरेपछि प्रमुखहरु कार्यालयको काम छोडेर भएपनि मन्त्रालय पुगेको छन् । तर मन्त्रालय कर्मचारी प्रशासन शाखा सरुवाको नाम दिन चाहँदैन । कृषि अनलाईनले सो सम्वन्धमा कर्मचारी प्रशासनमा बुझ्दा माथि गएर सोध्नुस् हामीलाई थाहा हुँदैन भन्ने जवाफ दिएका छन् । तर सामान्य प्रशासन मन्त्रालयले सरुवाको स्वीकृत गरिसकेको बताइएको ।
सरुवाको विषयमा पारदर्शि ढंगले गरिनु पर्ने भएको भएपनि सो सरुवा पारदर्शि नभएका कारण जिल्ला प्रमुखहरु अन्योल लिएर मन्त्रालयको ढोकामा बस्नु परिरहेको छ । यही अवस्था रह्यो भने आज पनि पत्र बुझ्न पाइएला जस्तो छैन जिल्लाबाट आएका कृषि कार्यालयका प्रमुखहरुको गुनासो छ । आफ्नै मन्त्रालयको सूचना पाउन उपसचिवहरुलाई त
मुश्किल छ भने सर्वसाधारणले सेवा के पाउलान् ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७१