शनिबार, फाल्गुन १२, २०८०

तनेबोडी खेती गर्नका लागि प्रविधि

tane bodiपरिचय : तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशााको लम्वाई जात अनुसार ४०÷८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।
हावापानी : द्ध तराईलदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ ।
पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ ।
स्थान र उपयुक्त जातहरु : द्ध खुमले तने,सर्लाही तने, काश्मिरी तने, चाइनिज ३२४,३१२,४२४ जातहरु उपयुक्त जातहरु हुन् ।
रोप्ने र बाली लिने समय :द्ध मध्य पहाडमा साउन भाद्रमा रोपेर असोज कार्तिक मंसिर पहिलो बाली लिन सकिन्छ भने दोस्रो बालीका रुपमा फागुन चैत्रमा रोपेर बैशाख जेठ असारमा बाली लिन सकिन्छ ।
तराई तथा भित्रि मधेशमा  फागुनमा रोपेर बैशाख, जेठमा बाली लिन सकिन्छ भने असार साउन, भाद्रसम्म रोपेर भाद्र, असोज, कार्तिकसम्म बाली लिन सकिन्छ । तर जान, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।
कस्तो माटोमा रोप्ने  : तनेबोडी खेती गर्नका लागि प्रशस्त प्रांगारिक पदार्थ र ४.५ देखि ६.५ पि.एच मान भएको दोमट माटो बोडी खेतीका लागि उपयुक्त हुन्छ ।
जग्गाको तयारी : द्ध गोठे वा कम्पोष्ट मल राखेर जमीनलाई ३ देखि ४ पटक खनजोत गरी झारपात हटाई समथर बनाउने ।
ड्याङ्ग कम्तिमा १ मिटर चौडाईको बनाउने र त्यसमा २ लाईन बीउ रोप्ने ।
कति बीउ चाहिन्छ त ?
प्रति रोपनी १ .५ देखि २ केजी प्रति र प्रति कट्ठा १ देखि १.३ केजी बीउ आवश्यक पर्दछ ।
राइजोवियम इनोकुलेसन : विगत २ बर्षदेखि कुनै पनि कोसेबाली नलगाएको जमीनमा बीउको इनोकुलेसन गर्न जरुरी हुन्छ ।
बाली लगाउने समयमा बोडीको बीउमा नाइटूोजन फिक्सिङ्ग व्याक्टेरिया मिसाउने ।
मलखाद : रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ । आवश्यकता अनुसार झोल तथा सूक्ष्मतत्व प्रयोग गर्न सकिन्छ ।
सामान्यत : डिएपी ५ केजी प्रति रोपनी र ३.५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारी हाल्नु पर्ने हुन्छ ।
त्यस्तै कम्पोष्ट मल प्रति रोपनी १५०० केजी र प्रति कट्ठा १००० केजी जमीन तयारी गर्दा प्रयोग गर्नु पर्दछ ।
पोटास प्रति रोपनी ४ केजी र प्रति कट्ठा २.६ केजी जमीन तयार गर्दा नै प्रयोग गर्नु पर्दछ ।
बीउ रोप्ने दुरी  : द्ध लाइनदेखि लाइनवीचको दुरी १ मी र बोटदेखि बोटको दुरी २५ देखि ३० से.मी राख्ने ।
ड्याङ बीचको कुलोको चौडाई ३० से.मी. राख्ने ।
बीउलाई जमीनको सतहबाट ३ देखि ५ से.मीको गहिराईमा रोप्ने ।
थांक्रा दिने : तने बोडी लहरे बाली भएकाले यसबाट राम्रो उत्पादन लिन थाँक्रा दिनु अति आवश्यक हुन्छ ।
गोडभेल : विरुवाको बृद्धि, विकासको लागि कम्तिमा दुईपटक गोडमेल गरी माटो खुकुलो बनाउने र झारपात हटाउने गर्नु पर्दछ ।
सिंचाई र निकास : विशेष गरी फूल फुल्ने र कोसा लाग्ने बेलामा हुलका सिंचाई आवश्यक पर्दछ । विरुवाको फेदमा पानी जम्न नदिने उपाय अवलम्वन गर्नु पर्दछ ।
बाली संरक्षण :  कीरामा मुख्यत : लाही कीरा लाग्छ र यो कीराले विरुवाको पात र डाँठबाट रस चुस्छ । पातमा कालो ढूसी जम्मा भएको देखिन्छ ।
यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ । लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात र डाँठ खाई नोक्सान पु¥याउँछ  ।
यसलाई नियन्त्रण गर्न कीराको फुल र लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी २ मि.लि.प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि.लि. प्रति लिटर पानीमा घोलेर छर्ने
रोगमा मुख्यत M डाउनी मिल्ड्यु र सिन्दुरे रोग लाग्दछ  ।
रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने ।
भिष्टिन २ ग्राम प्रति केजीका दरले बीउको उपचार गर्ने ।
विरुवामा रोगको लक्षण देखिन थालेमा २.५ ग्राम म्यानकोजेव प्रति लिटर पानीमा घोलेर छर्ने ।
यस्तै २देखि ३ बर्षको फरकमा बाली चक्र अपनाउने ।
बाली लिने बाली पाके पछि बोट पहेंलिन्छ । रोपेको ६० देखि ७० दिनमा बोडी टिप्न तयार हुन्छ । बोडी कलिलोमा नै टिप्ने । बोडी टिप्न थालेपछि हरेक ३देखि ४ दिनमा टिप्ने ।
उत्पादन : तनेबोडी प्रति रोपनी २५० देखि ४०० केजी र प्रति कट्ठा १६५ देखि २६५ केजी हरियो बोडी उत्पादन हुन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७१