सोमवार, बैशाख ३, २०८१

बजारमा गुणस्तरहिन दाना

काठमाडौं, २६ भाद्र । पशुपालन बढ्दै गएपछि पशुका लागि आवश्यक दाना उत्पादन गर्ने कम्पनीहरु पनि बढ्दै गईरहेका छन् । तर जति धेरै कम्पनीहरु बढ्दै गईरहेका छन् त्यत्ति नै दानाको गुणस्तर खस्कँदै गएको पाइएको छ । विशेष गरी दाना उत्पादन गर्नेहरुले गाई भैसी, कुखुरा एवं माछाका लागि समेत दाना उत्पादन गर्ने गरेका छन् । तर गाईका लागि प्रयोग गरिने दाना गुणस्तर परीक्षण गर्ने निकायको चासो नलिँदा गाईपालनका सक्रिय रहेका किसानहरु मर्कामा परेका छन् ।
भक्तपुरमा गाई फार्म सञ्चालन गर्ने एक किसानले दाना गुणस्तरहिन भएका कारण गाईलाई पौष्टिक तत्व नपुगेको र दाना गुणस्तर भए नभएको परीक्षण गर्न नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेका किसानलाई एक महिना पछि आउन भन्दै फर्काएको किसानहरुको दुखेको छ ।
एक महिना पछि परीक्षण गर्दा गाईलाई के ख्वाउने कृषि अनलाइनलाई फार्म सञ्चालकले गुनासो गरे । हाल बजारमा दर्जनभन्दा बढी कम्पनीले उत्पादन गरेको विभिन्न ब्राण्डका दानाहरु विक्री वितरण हुने गरेको भएपनि त्यसको गुणस्तर भने परीक्षण नगर्दा गाई, कुखुरा एवं माछामा विभिन्न खाले रोगहरु देखा पर्न थालेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७१