बिहिबार, बैशाख १३, २०८१

भारतबाट आयात हुने माछा हानिकारक

fish
काठमाडौं, २५ भाद्र । पछिल्लो समयमा माछा उपभोग गर्ने उपभोक्ताहरुको संख्या बढ्न थालेपछि आन्तरिक उत्पादनले नपुगेर भारतबाट करोडौंको माछा आयात हुने गरेको छ ।
भारतबाट आयात हुने त्यस्ता माछा स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन सक्ने आशंका स्वयं माछा व्यवसायीहरुले नै गरेका छन् ।
भारतबाट आताय गरिने माछालाई न्यूनिकरण गरि स्वदेशमा नै उत्पादित माछालाई उपभोगलाई बढावा दिन नेपाल मत्स्य व्यवसायी संघले जीउँदै माछा विक्रीको थालनी गरेको छ । स्वदेशी माछा खाऔं, नेपाललाइई माछामा आत्मनिर्भर बनाऔं भन्ने मूल नारा सहित २०६९ सालबाट बल्खु तरकारी बजारमा जीउँदो कुखुरा विक्री केन्द्र शुरु भएको थियो । नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले शुरु गरेको सो माछा पसलसँगै उपत्यकामा अहिले ५२ स्थानमा जीउँदो माछा विक्री वितरण भईरहेको जंगबहादुर शाहले कृषि अनलाईनलाई बताउनु भयो ।
शाहका अनुसार बाराबाट मात्र काठमाडौंको बजारमा ४० प्रतिशत माछाको आयात गरिएको छ । तर बजारलाई व्यवस्थित गर्न सम्वन्धित निकायले चासो नदिँदा भारतबाट आयात गरिएको मृत माछा उपभोक्ताहरुले प्रयोग गरिरहनु परेको समेत शाहले बताउनु भयो ।
भारतबाट आयात गरिने मृत माछाहरुलाई ताजा नै राख्नका लागि फर्मालिन बिषादी प्रयोग गर्ने गरिएकोले सो बिषादीका कारण मानिसमा हानिकारक रोगहरु लाग्न सक्ने समेत शाहले जानकारी दिनु भयो । सो बिषादी मृत व्यक्ति कुहिन नदिन प्रयोग गरिने समेत शाहको तर्क छ ।
पछिल्लो समयमा तराईका जिल्लाका किसानहरु धानबाली भन्दा माछा उत्पादनबाट बढी मुनाफा हुने भएको र धान लगायतका बाली उत्पादनका लागि जनशक्तिको समेत अभावले गर्दा गर्दा माछा उत्पादनमा नै जोड दिन थालेको केन्द्रिय मत्स्य व्यवसायी संघका सचिव त्रिलोकी प्रसाद चौधरीले कृषि अनलाईनको कुराकानीमा बताउनु भयो । तर तराईबाट आयात गरिने जिउँदो माछा उपत्यका भित्र्याउनका लागि अत्यन्तै असहज भएको समेत खुलासा गर्नु भयो । चौधरीका अनुसार तराईबाट उपत्यका ल्याइनेक्रममा ठाउँ ठाउँमा प्रहरी प्रशासनबाट दुख दिने गरेकोसमेत बताउनु भयो । भारतबाट ल्याइने मृत माछा सहज भित्रने तर स्वदेश मै उत्पादन भएका जीउँदो माछा ल्याउनेक्रममा प्रहरीबाट हुने सास्तीका कारण किसानहरु मारमा परेको समेत चौधरीले बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७१