शनिबार, बैशाख ८, २०८१

पशु सेवा विभागमा डा. प्रेमी

dr preme
काठमाडौं, २५ भाद्र । लामो समयदेखि रिक्त रहेको पशु सेवा विभागको महानिर्देशकमा डा केशवप्रसाद प्रेमी नियक्त हुनु भएको छ । पशु सेवा विभागका महानिर्देशक एवं सहसचिव डा. नरबहादुर रजवारको सचिवमा बढुवा भए पछि पशु सेवा विभागको महानिर्देशक पद रिक्त रहेको थियो । सो पदमा पशु सेवामा लामोसमयसम्म कार्यरत डा.केशवप्रसादप्रेमी नियुक्त भएपछि सो रिक्तता पूरा भएको छ ।
महानिर्देशक हुनु भन्दा केही महिना अगाडि मात्र पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशकका रुपमा पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयमा कार्यक्रम निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । महानिर्देशक प्रेमीले आजै कार्यभार सम्हाल्नु भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७१