मङ्लबार, बैशाख ४, २०८१

स्थानीय चामलले ब्राण्ड पाउने

काठमाडौं, २४ भाद्र । स्थानीय रुपमा चामल उत्पादन बढाउनका लागि गतसालबाट परीक्षण शुरु गरेको खाद्य संस्थानले यस बर्ष स्थानीय रुपमा उत्पादन भएका चामललाई नयाँ ब्राण्ड बनाएर बेच्ने भएको छ ।
नयाँ ब्राण्डको नामसहित गतबर्षबाट परीक्षण रुपमा चामल विक्री गरेको खाद्य संस्थानले यो पटक व्यवस्थित रुपमा चामल विक्री गर्नका लागि लोगो बनाउने प्रक्रिया समेत अगाडि बढाईसकेको छ । नयाँ ब्राण्डको चामल विक्रीका लागि नयाँ लोगो स्वीकृत नहुञ्जेलसम्म खाद्य संस्थानकै लोगोमा चामल विक्री गर्ने योजनामा खाद्य संस्थान रहेको छ ।
सरकारी स्वामित्वमा रहेको खाद्य संस्थानले बर्दिया, नेपालगञ्ज र भैरहवाको मसिसो चामल तथा वीरगञ्ज, लहानको जिरा मसिनो चामललाई ब्राण्डिङ्ग गरी बेच्ने तयारी गरेको हो ।
साथै संस्थालने कर्णाली क्षेत्रमा उत्पादन हुने उवा, चिनो, फापर, कागुनु, सिमी, भटमास, कोदो समेत बेच्ने तयारी गरिरहेका नेपाल खाद्य संस्थानले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७१