शुक्रबार, बैशाख ७, २०८१

भटमास खेती गदैै निम्वस

काठमाडौं, २४ भाद्र । गत बर्ष हेटौंडा र बारमा जिल्लामा भटमासखेतीको परीक्षण सफल भएको भन्दै निम्वसले यो बर्ष भटमास खेतीलाई विशेष प्राथमिकता दिएर खेती गर्न शुरुवात गरेको छ । निम्वसले उत्पादन क्षमता बृद्धि गर्ने योजना सहित बैतडी रि दार्चुलामा समेत एक दिन भटमान मूल्य श्रृखला सुदृढिकरणका चुनौति र सम्भावनाका बारेमा कार्यशाला समेत सम्पन्न गरेको छ ।
गतबर्ष भटमासको तेलको आयात १० अर्व ९० करोड रुपैयाँ बराबरको गरिएको र त्यसलाई न्यूनिकरण गर्नका लागि पनि आफूहरुले भटमास उत्पादन कार्यलाई प्राथमिकता दिएको निम्वसले प्रेस विज्ञप्ति मार्फन जनाएको छ । भटमास उत्पादनका लागि निम्वसले देशका कुनै पनि भागमा जग्गा भाडामा खरिद गर्ने किसान समुह, सहकारी संस्था तथा भटमास खेती गर्न इच्छुक गैरसरकारी संस्थालाई समेत सहयोग गर्ने बताएको छ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७१