आइतवार, जेष्ठ १३, २०८१

मसुरो खेती गर्नका लागि प्रविधि

mmपरिचय :  मुसुरो दालको दानामा २० देखि २५ प्रतिशत प्रोटिन पाईन्छ । यो निर्यात योग्य बाली पनि हो ।
०यो बालीले बायुमण्डलबाट माटोमा नाईटूोजन (५०(६० केजी नाईटूोजन प्रति हेक्टर) स्थिरीकरण गर्दछ ।
० नेपालमा दालबालीहरु मध्ये सवैभन्दा बढी १८७००० हेक्टरमा मुसुरोको खेती भई वार्षिक १५१००० मेटिूक छन उत्पादन हुन्छ ।
० उच्च बजार मूल्य भएको र कम उत्पादन लागत खर्च भएको हुनाले प्रति इकाई जमिनमा बढी आय हुन्छ ।

m-1हावापानी : ० तराई मधेश, मध्य पहाडी फाँट र उपत्यकाहरुमा हिँउदे बालीको रुपमा खेती गरिन्छ ।
० धान र मकै खेती पछि बेचेखुचेको चिस्यानमा मुसुरो खेती हुन्छ ।

स्थान र उपयुक्त जातहरु :

० पच्चिम तराई क्षेत्र : खजुरा मुसुरो-१ र खुजुरा मुसुरो-२ आदी
० तराई, नदीका फाँटर मध्य पहाडी ईलाका :  शितल, महेश्वर, भारती, सगुन, सिमल, शिशिर जातका उपयुक्त हुन्छन् ।

रोप्ने र बाली लिने समय :
० मध्य पहाडमा कार्तिक मंसीरमा रोपिन्छ भने फागुन चैत्रमा बाली लिने समय हुन्छ ।
० तराई तथा भित्रि मधेशमा पनि कार्तिक मंसीरमा रोपेर फागुन चैत्रमा नै बाली लिने गरिन्छ । तर जान, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।

कस्तो माटोमा रोप्ने : मुसुरोका लागि हलुका दोमट माटो उपयुक्त मानिन्छ ।

जग्गाको तयारी र बाली लगाउने तरीका : ० सामान्यत : धान काट्नु भन्दा १० देखि १५ दिन अगाडि नै धानबाली भित्र मुसुरोको बीउ छर्न सकिन्छ ।
० धानखेत भित्र हिंड्दा जमीनमा हल्का पाईला प¥यो भने बीउ छर्न चिस्यान उपयुक्त हुन्छ ।
० यदि मुसुरो मात्र वा अन्तरबालीका रुपमा मुसुरो खेती गर्ने भए जमीनमा आवश्यक चिस्यान रहने गरी २-३ पटक खनजोत गर्ने ।
० अन्तरबाली लगाउँदा तोरी र मुसुरो लगाउनु उचित मानिन्छ ।
० एक हारमा मुसुरो र अर्को हारमा तोरी लगाउने ।
० मुसुरोलाई तयारीमा जमीनमा मेसिनको प्रयोगबाट पनि छर्न सकिन्छ ।

कति बीउ चाहिन्छ त ?
० प्रति रोपनी १ केजी प्रति कट्ठा १.५ केजी बीउ आवश्यक पर्दछ ।
० बीउ गुणस्तरीय र झारपातको बीउ रहित शुद्ध हुनु पर्दछ  ।

० मुसुरो र तोरी मिसाएर खेती गर्दा प्रति रोपनी १.५ केजी, प्रति कट्ठा १ केजी मुसुरो र ५०० ग्राम प्रति रोपनी र ३३० ग्राम प्रति कट्ठा तोरी आवश्यक पर्दछ ।

बीउ उपचार : ० बीउलाई १२ घण्टा पानीमा भिजाई छर्दा छिटो उम्रिन्छ र उत्पादन बढ्छ ।
०बोट ओइलाउने र जरा कुहिने रोग नियन्त्रण गर्न बेभिस्टिन २ ग्राम वा नेभिस्टिन ३ ग्राम प्रति केजी बीउको हिसावले उपचार गर्ने ।

इनोकुलेसन : ०नयाँ ठाउँमा पहिलो पटक मुसुरो छर्दा बीउलाई राईजोवयन जोरनले उपचार गर्ने ।
० बिषादीले उपचार गरेको बीउ भए १० देखि १५ दिनपछि मात्र राइजोवियम जोरनले उपचार गर्ने । ० २५० मिलिलिटर पानीमा २५ ग्राम  चिनी वा सख्खर हाली उमाल्ने । पानी सेलाए पछि मात्र ल्यसमा ५० ग्रामराइजोवियमको जोरन हालेर लेदो बनाउने र त्यसमा ५ केजी मुसुरोको बीउ राखी सवै बीउमा टाँसिने गरी उपचार गर्ने । त्यसपछि बीउलाई छायाँमा सुकाईसोही दिन वा भोलीपल्ट रोपिसक्ने ।

मलखाद : ० रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ ।० सामान्यत : डिएपी ५ केजी प्रति रोपनी र ३.५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारीको अन्तिम अवस्थामा हाल्ने ।
० बोरन कमी भएको माटोमा प्रति रोपनी १ केजी र प्रति कट्ठा ०.७ केजी बोरेक्स हाल्ने ।

झारपात नियन्त्रण : ० बीउ छरेको २० देखि २५  दिन र ४० देखि ४५ दिनमा झारपात उखेल्ने ।
० झारपातहरु नियन्त्रण गर्न पेण्डिमिथालिन ३० इसी झारपात नाशक  बिषादी प्रति रोपनी १०० मिलि २० लिटर पानीमा र प्रति कट्ठा ६६ मिलि १३ लिटर पानीमा मिसाएर घोल तयार पारी बीउ नउम्रदै अर्थात बीउ छरेको ३ दिन भित्रमा ओसिलो माटोमा स्प्रे गर्ने ।

सिंचाई र निकास : ० जमीन सुख्खा भएमा हल्का सिंचाई दिने । सम्भव भएमा फूल फूल्ने बेलामा स्प्रिङ्कलरको माध्यमबाट सिंचाई दिने  तर पानी जम्न नदिने ।
बाली संरक्षण : ० बोट ओइलाउने र जरा कुहिने रोगबाट बचाउन बीउ उपचार गर्ने ।
० डढुवा रोग  लाग्न नदिन सिफारिस भएको जातहरु मात्र लगाउने । रोग लागेमा म्यानकोजेव २.५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
० भण्डारणमा दानामा  लाग्ने खपटे र घुन कीराहरु नियन्त्रण गर्न सेल्फस नामक धुवाउने चक्कीको प्रयोग गर्ने । यसो गर्दा हावा नपस्ने भण्डारण विधि अपनाउने ।

बाली लिने (कटानी र दाउनी)
० बाली पाके पछि बोट पहेंलिन्छ ।
० करिव ९० प्रतिशत पाकेपछि बाली काट्ने । चरा मुसा र कीराले क्षति नपुग्ने बालीलाई काट्ने । चरा, मुसा र कीराले क्षति नपुग्ने गरी बालीलाई खेतमा पुरा पाक्न  र सुक्न दिने । बाली राम्ररी नपाक्दै कटानी गरिएका ढुसीको प्रकोप बढेर बोट र बीउ कुहिन सक्छ ।
० दानाहरु भ्mर्न नदिन विहान सवेरै बाली काट्ने ।
० दाउनीको काम गोरुले वा थ्रेसर मेसिनले गर्ने ।
० दानाहरु राम्ररी सफा गर्ने, सुकाउने र केलाउने ।

उत्पादन : ० राम्रो मुसुरो खेतीबाट ७५ देखि १०० केजी प्रति रोपनी र ५० देखि ६५ केजी प्रति कट्ठा उत्पादन हुन्छ ।
० चोखो आम्दानी पनि रु. २५०० प्रति रोपनी रुं १६०० प्रति कट्ठा हुन सक्छ ।
० तोरी बासलीसँग लगाएको मिश्रित बाली प्रणालीबाट २० देखि ३० प्रतिशत थप आम्दानी गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७१