शनिबार, बैशाख १, २०८१

कुलो बगाउँदा सिँचाइबाट वञ्चित

पाल्पा, २२ भाद्र । पाल्पा जिल्लाको कोलडाँडा गाउँ विकास समिति–८ मा रहेको कुलो पहिरोले बगाउँदा ५० रोपनी खेतमा सिँचाइ हुन सकेको छैन ।

झन्डै नौ घरपरिवारले खेती गर्दै आएको खेतमा पहिरोले कुलो बगाएपछि स्थानीय किसान धानबालीमा सिँचाइ गर्नबाट वञ्चित भएका छन् ।
कोलडाँडा गाविस–८ का ज्यामिरे र चङ्खे खेतमा सिँचाइ गर्ने कुलो पहिरोले बगाइदिएको स्थानीय किसान गणेश आलेले बताउनुभयो ।
करिब तीन किलोमिटर लामो कुलोमध्ये झन्डै ५० मिटरखण्डमा कुलोमाथि ठूलाठूला ढुङ्गा खसेका कारण पहिरो पन्छाउन किसानलाई निकै सास्ती भएको छ ।
चार दिनसम्म दैनिक १२ जनाका दरले श्रमदान गर्दा पनि कुलो मर्मत गरी पानी सुचारु गराउन नसकिएको आलेले बताउनुभयो ।

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७१