बुधबार, बैशाख १२, २०८१

भेटिएन हानिकारण तत्व

चन्द्रनिगाहपुर, १९ भाद्र । श्रीराम सुगर मिलद्धारा सञ्चालन गरेको श्रीराम डिस्टीलरी, हर्साहामा रहेको बाबा डिस्टिलरी र पिप्रा पोखरियामा रहेको ज्योति डिस्टिलरीबाट निस्किएको प्रदूषित पानकीका कारण धानबाली नष्ट भएको भन्दै किसानहरु आन्दोलिन भएपछि सो क्षेत्रमा गरिएको माटो परीक्षणमा हानिकारक तत्व नभेटिएको क्षेत्रीय माटो प्रयोगशालाले जनाएको छ ।
प्रदूषित पानीकै कारण सयौं विघा जमिनमा लगाएको धानबाली नष्ट भएको किसानहरुले दावी गदै आन्दोलन गरेका थिए । साउन २८ देखि ३० गतेसम्म परेको अविरल बर्षासँगै आएको भेलले डिस्टिलरीबाट निस्किएको विकारयुक्त पानी धानबाली नष्ट गरेको भन्दै किसानहरुले कृषि विकास कार्यालयमा दवाव दिएपछि माटो परीक्षणका लागि पठाइएको थियो ।

प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७१