मङ्लबार, बैशाख ११, २०८१

मकैवाली नष्ट भएपछि राहत माग

तेह्रथुम, १९ भाद्र । कतै बर्षातका कारण नष्ट कतै खडेरीका कारण नष्ट जे भएपनि किसानहरु नै मारमा । यतिखेर तेह्रथुम म्याङ्लुङका किसानहरु खडेरीका कारण मकै नष्ट हुन थालेपछि नष्ट भएको मकैवालीको राहत माग गर्ने जिल्लाप्रशासन तथा जिल्ला कृषि कार्यालय पुगेका छन् ।
खडेरीका कारण मकैको बोट सुकेको,मकैको सुत्ला नलागेकोले सरकारसँग राहत माग गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको म्याङ्लुङ गाविसका सचिव गुणराज बाँनियाले जनाए । म्याङ्लुङको प्रमुख खाद्यबालीका रुपमा रहेको मकै उत्पादन नहुँदा गाउँभरी भोकमरी फैलिन सक्ने समेत बानियाँले जनाए ।
मकैमा सुत्ला लाग्ने समयमा लामो समयसम्म खडेरी लागेकाले तेह्रथुमका एक दर्जन गाविसमा मकै उत्पादनमा घटेको छ । खडृरीका कारणले नै धान खेती हुने अधिकांश खेतहरु बाँझै रहेका छन् । मकै र धान दुवै खाद्यवाली उत्पादन नहुने भएपनि जिल्लामा रहेको दैवी प्रकोप उद्धार समितिले राहतका कार्यक्रम ल्याउन सरकारलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७१