काठमाडौं, १९ भाद्र । नेपालको सवैभन्दा ठूलो चिया उत्पादन हुने क्षेत्रका रुपमा परिचित भएको इलाममा मजदुरको अभाव हुन थालेको छ । चियाको पत्ती टिप्ने कामदारको अभाव हुँदा यतिखेर चिया बगान मै पत्ती सुक्न थालेको छ । चियाबोटबाट पत्ति टिप्नेहरुको पारिश्रमिक अत्यन्तै कम भएका कारण मजदुरहरु अन्य पेशामा तथा काममा लाग्न थालेपछि यो अवस्था आएको हो ।
चिया बगानमा काम गर्ने अधिकांश मजदुरहरुले बगानको श्रमबाट प्राप्त रकमले घर धान्न नसक्ने भएपछि अन्यत्र लाग्न थालेका छन् । चिया बगानमा आठ घण्टा काम गर्दा १ सय ८० देखि २ सयसम्म मात्र पाउने भएको भएपनि अन्य काम गर्दा ४ सयदेखि ५ सयसम्म पाउने भएकाले मजदुरहरुले बगानमा काम गर्न छाडेका हुन् ।
Add Comment