विराटनगर, १८ भाद्र । वीरगन्ज भन्सारमा थुप्रिएका रासायनिक मल युरिया सप्तरी र सिरहा जिल्लामा भित्रिन थालेपछि किसानले राहत अनुभूति गरेका छन् । ती दुवै जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले पाँच–पाँच हजार बोरा र साल्ट ट्रेडिङ लिमिटेडले एक हजार बोरा युरिया वितरणका लागि पु¥याएपछि किसानले खेतीको सिजनमा सजिलै मल प्राप्त गर्न थालेका हुन् ।
साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले सप्तरीको जिल्लास्थित कार्यालयबाट मङ्गबारदेखि एक हजार बोरा युरियाको वितरण कार्य धमाधम भइरहेको र यस कार्यालयबाट मोरङ र सुनसरीका लागि पनि वितरण भइरहेको जानकारी गराउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरको कोलकत्ताबाट दुई दिनमा ढुवानी भएका एक हजार ६०० बोरा युरिया, झापा, मोरङ र सुनसरी जिल्लामा वितरण भइरहेको र आज पुनः पाँच मालबाहक ट्रकमा मल भित्रिने कार्यालय प्रमुख पुण्यप्रसाद घिमिरेले बताउनुभयो ।
Add Comment