आइतवार, मंसिर २४, २०८०

किसानसँग प्राविधिकको पहुँच छैन

काठमाडौं, १७ भाद्र । अत्यधिक रुपमा नेपाल आयात भईरहका कृषि उत्पादनहरुलाई न्यूनिकरण गर्नका लागि नेपालमा नै कृषि उत्पादन बढाउनुको विकल्प नभएको राष्ट्रिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले बताउनु भएको छ । विगतमा खाद्यान्न निर्यात गर्ने नेपाल अहिले आयात गर्नु पर्ने अवस्थामा पुगेको भन्दै कृषिको प्रर्वद्धनमा राज्य प्रतिवद्ध भएर लाग्नु पर्नेमा समेत जोड दिनु भयो ।
आयोगले योजनामा कृषिलाई उच्च प्राथमिकता दिएमो भए पनि परम्परागत खेती प्रणालीका कारण उत्पादन जुन रुपमा बृद्धि हुनु पर्ने हो त्यो नभएको समेत उहाँले बताउनु भयो ।
नेपाल कृषि अर्थशास्त्र समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मिश्रले सरकारले कृषि विकासका लागि कृषि क्रान्ति दशक घोषणा गरिसकको र त्यसका निम्ति सवै एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा समेत राख्नु भयो ।
सो कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्रीले किसानसम्म कृषि प्राविधिकहरुको पहुँच अन्यन्त न्यून रहेकाले कृषि क्षेत्रको किवास र सुधार ल्याउन नसकिएको हो कि भन्ने आशंका व्यक्त गर्नु भयो । उहाँले हरेक बर्ष कृषिमा बजेट बृद्धि भएपनि त्यसले कुनै परिवर्तन ल्याउन नसकेको स्पष्ट पार्नु भयो । कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव राजेन्द्र अधिकारीले कृषि क्रान्ति दशकको बारेमा कार्यत्रप प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, भदौ १७, २०७१