आइतवार, जेष्ठ १३, २०८१

विकेन्द्रीकृत हुँदै प्याक्ट आयोजना

काठमाडौं, १६ भाद्र । कृषि विकासका लागि खुलेका आयोजनाहरु केन्द्रिकृत भईरहेको आरोप लागिरहेका बेला व्यवसायि कृषि तथा व्यापार आयोजना(प्याक्ट) ले भने आफूलाई विकेन्द्रीकृत गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाले आयोजना सञ्चालन भएका २५ जिल्लामा व्यवसायिक कृषिमा लागिरहेका किसानहरुका लागि लघु अनुदान उपलब्ध गराउन सम्पूर्ण जिम्मेवारी आफ्ना पाँचै विकास क्षेत्रमा रहेको क्षेत्रीय कार्यालय मार्फत दिन लागेको हो ।
आयोजनाले उपलब्ध गराउने अनुदानका लागि जिल्ला स्थिति कृषि विकास कार्यालय र पशु सवो कार्यालयमा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनौट गर्ने र रकम उपलब्ध गराउनेसम्मको जिम्मेवारी आयोजनाको क्षेत्रीय कार्यालयलाई जिम्मा दिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७१