बुधबार, बैशाख १२, २०८१

रासायनिक मल न्यूनिकरण गर्न सरकार प्रतिवद्ध

bade
काठमाडौं, १५भाद्र । नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले कृषि उत्पादनमा सक्रिय किसानहरुलाई रासायिनक मल र बिषादी नहाल्न आग्रह गर्नु भएको छ ।
मन्त्री महतले बायोकम्प नेपालले उत्पादन गरेको प्रांगारिक मल कारखाना तथा मल विक्रीको शुरुवात कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । बिषादी एवं रासायनिक मलको प्रयोग भएका कृषि उत्पादनले मानव स्वास्थ्यमा धेरै नै असर पर्ने भएकाले यसको विकल्पका रुपमा प्रांगारिक मल प्रयोग गर्न किसानहरुलाई आग्रह पनि गर्नु भएको थियो ।
बायोकम्प नेपालले विगत एक बर्षदेखि प्रांगारिक मल उत्पादन गर्दै आएको भएपनि उत्पादित मलको औपचारिक रुपमा विक्रीका लागि कारखानाको उद्घाटन गर्न ललितपुरको खोकना पुगेका अर्थमन्त्री महतले रासायनिक मल तथा बिषादी प्रयोग न्यूनिकरण गर्नका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।
बिषादी र रासायनिक मलका कारण मुलुक परनिर्भर भएको भन्दै महतले ती दुवैको आयात दर प्रतिस्थापना गर्न सरकारले अर्गानिक खेती प्रणालीका साथै प्रांगारिक मल कारखानालाई आवश्यक अनुदान समेत उपलब्ध गराएको समेत बताउनु भयो । कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक तेजप्रसाद सुेवदी, माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा दवाडी, नेपाल फलफू तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे लगायतले बायो कम्म प्रांगारिक मल कारखानाले अर्गानिक तरकारी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७१