बुधबार, जेष्ठ १६, २०८१

खांचो कृषि पत्रकारिताको

-अनुपमा शर्मा 

कृषिमा निर्भर रहेको हाम्रो देश नेपाल,थुप्रै समभावना छंदा छंदै पनि बिश्वका धेरै क्षेत्रमा पिछडिएको छ। यसको मुख्य कारण हो चेतनाको कमी, चेतना बढाउन अध्ययनको कमी र अध्ययनका लागि चाहिन पर्याप्त श्रोत र सामाग्रीको अभाव।
 आधुनिक युग तर्फ लम्किदै गरेको बिश्व समुदाय संग प्रत्येक पाइलामा पाइला मिलाएर हिड़ने उपदेश पुरानो र अन्य देशको पछि लागने प्रबृति छ। तसर्थ अब हामीले अरुको पाइलामा भन्दा अघि हाम्रो पाइला होस भन्ने ध्येय राखी सोही अनुरुपको शिक्षानिति अपनाउनु पर्छ।त्यसका लागि भूबनोटको आधारमा बैज्ञानिक र ब्यबहारिक शिक्षा,कृशि औजार र उचित तलिमको ब्यवस्था गर्नुपर्छ। यसरी आर्जित ज्ञान र शिप आफुमा मात्र सिमित नराखी एक अर्कामा साटनुपर्छ। कृशिमा लगनशील भएर लागेका कृषकलाई उनीहरुको अनुभवको आधारमा प्राप्त गरेको ब्यवहारिक ज्ञान अरुलाई बाड्न समयाभावले गार्हो हुन्छ। यस्तो बेलामा निजले लेख रचना गरेर क्रमश प्रकाशित गर्दै जाने हो भने नेपाल छिट्टै ब्यवहारिक ज्ञानबाट प्रगतिको बाटोमा अघि बढ्नेछ।
anupama एउटा किसानल प्राप्त गरेको ज्ञान उसले भनेजस्तै प्रकाशित नभएर त्रुटीपूर्ण आउन सक्छ। त्यसैले ब्यवहारिक र समबंधित क्षेत्र संग परीचित प्रकाशक भएमा त्रुटी हुने गुंजाईश रहदैन। त्यसकारण कृषिसंग परिचित बिध्यार्थीहरूले कलम चलाउनु जरुरी छ कृषि पत्रकार को रूपमा।
 जति छिटो समयले कोल्टे फेर्दै छ त्यति नै छिटो जनसंख्या बृदि पनि भैरहेको छ। सबैलाई खाद्दान्न पुर्याउनको लागि एकातिर कृषि उत्पादन बढाउन छ भने अर्को तर्फ उत्पादित बस्तुको उचित भण्डारण र बितरण गर्नुपर्ने भएकोछ।यी दुबै प्रक्रियामा प्राणीको स्वास्थ्मा प्रतिकूल असर नपार्ने खाल्का रसायनिक बिसादी प्रयोग गर्नुपर्ने भएको छ। एउटा कृषि रोगको पत्ता लागेर सोको उपचारको औषधी निस्कदा न निस्कदै पुन अर्को रोग लागेर कृषि उत्पादन नस्ट भईरहेको छ। पूर्वमा देखा परेको रोगको अनुसन्धान गरेर तेस्को प्रतिरोधका लागि प्रयोगमा ल्यायेका औसधिका ज्ञान पस्चिमेली लाई नहुन सक्छ र एस्तो बेलामा पत्रकार जगतले द्रुत सूचना प्रणाली द्वारा पस्चिमेलीलाई सचेत र सहयोग पुर्याउन सक्छन् र हुन सकने नोकसान बाट जोगाउन सक्छन् ।
 तशर्थ आधूनिक बिज रोपन प्रणाली देखि उत्पादन भंडारण बितरण मात्र नभै कस्तो खालको वातावरणमा कुन फलफूल,बाली,तरकारीको उत्पादन गरेर व्यक्ति,समाज र देश आर्थिक रुपमा सबल र सक्षम हुन सक्छ यसको व्यापक खोज अनुसन्धान गर्ने जिम्मेवारी कृषि बैज्ञानिक को छ भने प्राप्त खोज अनुसंधानको सूचना सम्प्रेषण सहज ढंगमा गरि सबैलाई क्रिशिमा परिचित र शिक्षित बनाउने मुख्य अभिभारा कृषि पत्रकारलाई छ। अत: हाम्रो देश सक्षम समुन्नत बनाउनको लागि कृषिको आधुनिकरण जति जरुरी छ त्यति नै कृषि संग समबंधित ज्ञान प्रत्येक कृषक कहाँ पुर्याउन कृषि पत्रकारिताको आवश्यकता छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७१