शनिबार, बैशाख १, २०८१

कृषि क्याम्पस राजनीति दलदलमा

चितवन, १३ भाद्र । चितवनको रामपुरमा रहेको कृषि तथा बन विश्वविद्यालय अन्तर्गतको नेपालको पुरानो कृषि क्याम्पस राजनीतिका कारण अन्योलमा फसेको छ । सो क्याम्पसमा नियुक्तिको विषयलाई लिएर क्याम्पसका प्राध्यापक र विद्यार्थीबीच विवाद बढ्दै गएका कारण अन्योलता छाएको हो ।
आन्दोलनका कारण सो क्याम्पसमा पढाई बन्द बन्द छ । भने भाद्र ५ गतेदेखि बीएससी एचएड भेटेरिनरी र बीएससी एजी दुवै परीक्षा स्थगित भएको छ ।
पढाई र परीक्षा दुवै वन्द भएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो भविष्य नै अन्योलमा परेको गुनासो गरिरहेका छन् । शिक्षा प्रदान गर्ने क्याम्पसमा राजनीतिकरण कारण यो अवस्था आएको उनीहरुको तर्क छ । करीव एक महिनादेखि तनावग्रस्त रहेको कृषि क्याम्पसलाई सञ्चालन गराउन सरकार तथा सम्वन्धित विश्वविद्यालयले चासो नलिंदा त्यहाँ अध्ययनरत करीव ५ सय विद्यार्थाीहरुको भविष्य अन्धकारमय हुने देखिएको छ ।
कृषि प्रधान देशमा कृषि विकासका लागि भविष्यको बाटो कोरिरहेका विद्यार्थीहरुको भविष्य नै अन्धकार बनाउनेगरी क्याम्पस भित्र देखिएको राजनीति तत्काल बन्द नगरिए यसले भावी दिनमा क्याम्पस राजनीतिक अखडाका रुपमा विकसित नहोला भन्न सकिंदैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७१