शनिबार, बैशाख ८, २०८१

असफल ओभीओपीको विस्तार तयारी

काठमाडौं ११, भाद्र । चर्चा धेरै तर कार्यक्रमहरु असफल भएको सरकारी र निजी साझेदारी कार्यक्रम अन्तर्गत कृषि विकासका लागि नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत सञ्चालनमा आएको एक गाउँ एक उत्पादन (ओभीओपी) कार्यक्रमको विस्तार गर्ने तयारी गरिएको छ ।
downloadनेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले सञ्चालन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रम हाल ३२ जिल्लामा सञ्चालन भईरहेको छ । कृषिका अन्य आयोजनाहरुको दाँजोमा अत्यन्तै असफल कार्यक्रमका रुपमा रहेको यो कार्यक्रम थप गरेर ५५ जिल्लामा पु¥याउने तयारी गरिएको कृषि उद्यम केन्द्रले जनाएको छ ।
स्थानीय उत्पादनलाई पहिचान गरी ब्राण्ड विस्तार गर्नै र स्थानीय स्रोतालाई आर्थिक रुपमा परिचालन गर्नुको सार्थ युवाबर्गलाई आकर्षण गर्ने सोचमा कृषि उद्यमले यो सञ्चालन गरेको थियो । तर यो कार्यक्रम संचालन भएका अधिकांश जिल्लाहरुका किसानहरु यो कार्यक्रमबाट पूर्ण रुपमा असफल भएका छन् । असफल कार्यक्रम भएपनि सञ्चार माध्यमहरुले बढी चर्चामा ल्याईदिएका कारण एक गाउँ एक उत्पादन कार्यक्रमले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्न लागेको कृषि विज्ञहरुको आरोप छ । सरकारी निजी साझेदारी कार्यक्रमका रुपमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन भएको भएपनि सरकारी रकमबाट मात्र यो कार्यक्रम सञ्चालन भएको कृषि विज्ञहरुको आरोप छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७१