शनिबार, बैशाख ८, २०८१

चिया किसान मर्कामा

इलाम ११, भाद्र । केही दिन अगाडिदेखि इलाममा चिया व्यवसायीहरुले गरेको आन्दोनलका कारण चियाखेतीमा संलग्न किसानहरु ठूलो मर्कामा परेका छन् । निकासी कर बृद्धिको विरोध गर्दै आएका उनीहरुले कारखाना बन्द गरेर आन्दोलनमा उत्रिएपछि ३ दिन कै अवधिमा किसानहरुले लाखौं रुपैयाँ घाटा सहनु परेको छ ।
राजश्व परामर्श समितिको सिफारिसमा जिल्ला विकास समिति इलामको २० औं जिल्ला परिषद्ले कृषि तथा पशुजन्य निकारी कर प्रतिकिलो एक रुपैयाँबाट बढाएर दुई रुपैयाँ पु¥याएको थियो । सो को विरोधमा उत्रिएका व्यवसायीहरुले किसानले उत्पादन गरेका हरियोपत्ती नकिनिदिँदा टिपीसकेको लाखौका पत्तीहरु न्ष्ट भएका छन् ।
आन्दोलनका कारण इलाममा सञ्चालमा रहेको १८ वटा चिया कारखाना बन्द गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७१