बिहिबार, बैशाख ६, २०८१

अनुदानप्रति आकर्षण बढ्दै

दोलखा ११, भाद्र । कृषि विकास गर्नका लागि सरकारले विभिन्न आयोजना मार्फत किसानहरुलाई अनुदानको व्यवस्था गरेपछि कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा आएका आयोनजाहरुमा प्रस्ताव पेश गर्नेहरुको लहर नै चलेको छ ।
कृषि विकास मन्त्रालय मातहत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोनजा मार्फत आयोजना सञ्चालन भएका १० जिल्लाका लागि १० लाख बराबरको लघु अनुदानका लागि प्रस्ताव माग भएको थियो । प्रस्ताव माग भएपछि कृषि पेशामा संलग्न मात्र होइन कृषिमा कामै नगरेकाहरुले पनि अनुदान हात पार्नका लागि प्रस्ताव पेश गरेका छन् ।
अनुदानका लागि सूचना जारी गरेको दुई महिनाको अवधिमा दोलखा जिल्ला कृषि तथा पशु विकास कार्यालयमा २४२ प्रस्ताव परेका छन् । जसमध्ये कृषित र्फ १४९ र पशुपालनतर्फ ९३ प्रस्ताव पेश भएको देखिएको छ ।
उक्त आयोजनाले दोलखाका लागि कृषितर्फ अलैंची, किवी, आलु, पशुतर्फ मासु र दूध उत्पादनका लागि प्रस्ताव माग गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७१