आइतवार, जेष्ठ १३, २०८१

जुरेको पहिरोबाट रु ६० लाखको पशुपक्षी नोक्सान

चौतारा, १० भाद्र । सिन्धुपाल्चोकको राम्चे– ५ को जुरेमा साउन १७ गते गएको पहिरोले मानवीय र भौतिक क्षतिका साथै पशुपक्षीसमेत नोक्सान भएको छ ।

पहिरोमा पुरिएर गाईभैँसीलगायत ३८५ पशु तथा हाँस कुखुरालगायत ९७० पक्षी मरेको र त्यसको अनुमानित मूल्य रु ६० लाख ६९ हजारको भएको जिल्ला पशुसेवा कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

पहिरोले ११५ घर पूर्णरुपमा क्षति भई १५६ जनाको दुःखद् निधन भएको थियो । एक सय १५ घर परिवारमध्ये पशुपालक कृषक राम्चे गाविसका २३ परिवार, माङ्खा गाविसका ३६, टेकनपुर गाविसका सात र धुस्कुन गाविसका चारसमेत ७० परिवारको पशुपक्षी मरेको सो कार्यालयले जनाएको छ

प्रकाशित मिति: मङ्लबार, भदौ १०, २०७१