बुधबार, बैशाख १२, २०८१

बीमा गर्नुहोस्, क्षतिपूर्ति पाईदैन

काठमाडौं ९, भाद्र । केरा ढले, मकैमा घोगा नलागने वा नेक ब्लास्टले सखापै पा¥यो भन्दै क्षतिपूर्ति माग्ने गर्नु भएको छ भने अव त्यसो गर्न नपाईने भएको छ । कृषि विकास मन्त्रालयले भक्तपुर र काभ्रेमा लगाइएको धानमा लागेको नेक ब्लास्ट (घाँटी मरुवा) रोगबाट पीडित किसानका लागि २ करोड १८ लाख लाख रुपैयाँ रुपैयाँ राहत माग्दै गत मंसिरमा अर्थ मन्त्रालय पठाएको फाइल फिर्ता पठाईदिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् आइतबार मन्त्रालयमा आयोजित बार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव जयमुकुन्द खनालले क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयले सहमति नदिएको जानकारी दिए । भक्तपुरका नेक ब्लास्टबाट पीडित किसानलाई क्षतिपूर्ति दिलाउन अर्थमा फाइल पठाएका थियौ तर अर्थले हुँदैन भन्यो खनाले भने ।
क्षतिबारे अध्ययन गर्न गठन भएको समितिले गत बर्ष भक्तपुरमा १४ करोड ४४ लाख र काभ्रेमा ९ करोड ६९ लाख रुपैयाँ गरी २४ करोड हाराहारीमा नोक्सानी भएको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो । बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्धारा प्रदान गरिएको कृषि सम्मान २०७१ को समाचार पनि प्रकाशन गरेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७१