शनिबार, बैशाख १, २०८१

नेपालमा कृषिमा पत्रकारिताको सम्भावना र चुनौति – श्रीकृष्ण अधिकारी

krishna adhikari

नेपालको अर्थतन्त्रलाई जस्तो अवस्थामा पनि बचाई राख्ने क्षेत्र कृषि हो । नेपालको अर्थतन्त्रको स्वरुप हेर्ने भने पछिल्ला तीन दशकमा आमूल परिर्वन भईरहको हामी पाउछौं । दशेले आर्थिक उदारीकरण अपनाउनुपूर्व देशमा औधोगिक र सेवा क्षेत्रको ठूलो योगदान थिएन । कृषि क्षेत्रसग जोडिएको पत्रकारिता नै कृषि पत्रकारिता हो । यसालाई आर्थिक पत्रकारिताको एउटा अवयव मान्ने गरिन्छ । कृषि उत्पादनदेखि कृषि बजार व्यवस्था, अर्थव्यवस्थामा यसको भूमिका अर्थोपार्जन, खेतीपातीका बदलिएका तौरतरीका, आधुनिक कृषिमा प्रयुक्त हुने उपकरण र प्रविधि लगायतका विषय यसले समेट्छ । सरकारले हरके बर्ष कृषिका लागि विनियोजन गर्ने बजेट सरकारले तयार पार्ने कृषि सम्वन्धी नीति तथा रणनीतिहरु कृषिका लागि विनियोजन गर्ने बजेट, सरकारले तयार पार्ने कृषि सम्वन्धी नीति तथा रणनीतिहरु, आवधिक विकास योजनामा समेटिएका कृषि विकासका कार्यक्रमहरु, ठूला साना सिंचाईका कार्यक्रमहरु, कृषि विकासमा दाताहरुले गरेको लगानी, खाद्यान्न उपलब्धताको राष्ट्रिय,क्षेत्रीय र स्थानीय विश्लेषणदेखि कृषि बस्तुको आयात निर्यातको अवस्था समेत यसले समेट्छ । यस्तै देशभित्र स्थापना भएका कृषिजन्य÷पशुजन्य उद्योग, तिनको क्षमता उपयोग, कृषि र पशुपालनका सहायक उद्योग(जस्तै दाना उद्योग), कृषिमा हुने संगठित लगानी, वैक तथा वित्तिय संस्थाबाट कृषिमा हुने लगानी कृषकले कृषि ऋण पाउनुमा झेलिएका कठिनाई, कृषि बीमा, गरिवी, रोजगारी र कृषि वीचको अन्तर सम्वन्धका विषयहरु प्नि यसका क्षेत्रभत्र पर्दछन् । किसानहरुको सफलता विफलताका कथा, उनीहरुले भित्र्याएका नयाँ बाली वा नयाँ खेती प्रविधि कृषकका समस्या आमरुपमा सञ्चार माध्यममा आउने विषय बस्तु हुन् । हरेक बर्ष रासायनिक मल नपाएको बिषय सदाबहार विषय बन्न पुगेको छ । अत्यधिक बर्षा वा खडेरीले बाली प्रभावित भएको समाचार सय बर्ष अघिदेखि नै हाम्रा सञ्चार माध्यममा आएका छन् ।
गोरखापत्रको आरम्भदेखि नै कृषि सम्वन्धी बिषयबस्तुलाई समाचारका रुपमा प्रस्तुत गरिन्थ्यो । खेतीपाती बिषय गोरखापत्रको नियमित प्रकाशन हुन थालेको बर्षदेखि नै आक्कल झुक्कल भएपनि कृषिका समाचारहरु प्रकाशन भएको भेटिन्छन् । कृषि विकासका लागि पत्रकारिताको उपयोगको नमूना भारतमा हरित(कृषि) क्रान्ति ल्याउनका लागि त्यहाँको राष्ट्रिय टेलिभिजन दूरदर्शनले खेलेको भूमिकालार्य लिन सकिन्छ । हामीकहाँ त्यसैको अनुकरण गर्दै नेपाल टेलिभिजनको स्थापनापछि कृषिसम्वन्धी समाचार प्रशारण गर्न थाले पनि त्यसको लामो समयपछि कृषि विकास मन्त्रालयले प्रायोजनमा छुट्टै कृषि कार्यक्रम प्रशारण भईरहेको छ । छापा माध्यममा भने आर्थिक पत्रकारिताको विकाससँगै कृषिसम्वन्धी बिषयबस्तुहरुले केही स्थान पाउन थालेका हुन् । तत्कालीन समयमा गोरखापत्रका अलावा सगरमाथा संवाद समिति (पछि राष्ट्रिय समाचार समिति) ले कृषि उपजको बजारभाउ, उत्पादन बढे घटेका विषयमा समाचारहरु प्रकाशित गर्ने गरेको पाइन्छ । उक्त कालमा निजी क्षेत्रबाट प्रकाशन हुने केही साप्ताहिक पत्रिकाहरुमा समेत विकासमुखी समाचारका रुपमा कृषि समाचारलाई स्थान दिने गरेको देखिन्छ । अहिले कृषिलाई नै मुख्य बिषयबस्तु बनाउँदै लेख्ने पत्रकारहरुको संख्या दुइ दर्जनको हाराहारीमा छ भने करीव आधा दर्जन मासिक पत्रिका र एउटा मात्र साप्ताहिक कृषि क्षेत्र मै केन्द्रित रही प्रकाशन हुँदै आएको छ । त्यत्तिमात्र नभई विभिन्न रेडियो टेलिभिजनले पनि पछिल्लो समयमा कृषिका समाचारलाई स्थान दिन थालेका छन् । तर यी हातका औंलामा गन्न सकिने पत्रिकाहरुलाई बाँच्ने आधार खडा गर्ने काम सरकारले गरेन भने विस्तारै विस्तारै कृषि पत्रिका इतिहासका पानामा मात्र वा सूचना विभागको दर्ता कितावमा मात्र सिमित नहोला भन्न सकिन्न ।
विगतमा मन्त्रालयको कृषि सूचना तथा सञ्चार केन्द्रबाट प्रकाशित एक त्रैमासिक कृषि पत्रिका, केही पुस्तक, जानकारी मूलक फोल्डर र लिफ्टलेट, क्यालेण्डरको सूचनाका भरमा सुसूचित हुुनपर्ने नेपाली किसान दैनिक, साप्ताहिक र मासिक पत्रिकाको पहुँचसम्म पुगेका छन् ।
यी मात्र होइन राजनीतिलाई मुख्य विषय बनाई आएका ब्रोडसिट दैनिकहरुले समेत मकैका घोघा नलागेको, धान नपसाएको, किसानले दूधको मूल्य नपाएको, उखु किसानहरुले मूल्य नपाएको युवाहरु विदेशबाट फर्केर कृषि पेशामा लागेको जस्ता समाचारहरुलाई विशेष स्थान दिन थालेका छन् । अव कृषि पत्रकारहरुले जीएम र हाइव्रिड बीउबारे शिक्षित, सुसूचित गर्नु अति नै आवश्यक छ । कृषि पत्रकारिताको विषयहरु अत्यन्तै फराकिलो भएको छ । यसले आमनागरिकहरुको जनजीविकाको सवालदेखि राष्ट्रिय अर्थतन्त्रको विकासलाई समेट्छ ।
नेपालमा पत्रकारिताको इतिहास सयबर्षभन्दा लामो भएको भएपनि कृषिपत्रकारिता भर्खरै फस्टाउँदै गरेको विधा हो । तसर्थ सर्वप्रथम कृषि पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरुको आयोजना हुनु आवश्यक छ । यसका लागि लागि कृषि मन्त्रालय, नार्क, कृषकहरुका संगठनहरुले सहयाग र सहकार्य गर्नु आवश्यक छ । कृषिको विषय आमसञ्चारका माध्यमका लागि डेक्मास गरेर गरिने अध्ययनले मात्र पुग्दैन र समेट्दैन, कृषकहरुको खेतबारीमा नपुगिकन कृषिक्रान्तिका नारा केवल कागजी नारामात्र हुन्छ ।
तसर्थ कृषकहरुसँगको नियमित अन्र्तक्रियालाई प्राथमिकता दिनु पर्दछ । यसका लागि कृषक समूहहरुले कृषिसञ्चार माध्यमहरुसँग सहकार्य गर्नु पर्दछ । कृषि पत्रकारितालाई बलियो बनाउन यसलाई आर्थिक रुपमा बलियो पार्नु आवश्यकत छ । कृषिसम्वन्धी पत्रिकाहरुलाई अनुदान दिने व्यवस्था गर्न सकियो भने तत्काललाई समस्या छर्ने देखिन्छ । (अधिकारीसँग इजरायली कृषि प्रविधिमा आठ बर्षे कार्य अनुभव छ)

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७१