आइतवार, फाल्गुन २०, २०८०

अवैध कुखुरा भित्रिन थालेपछि किसान आन्दोलित

काठमाडौं,९ भाद्र । गतबर्ष यही समयको सेरोफेरोमा पोल्ट्रिफार्म सञ्चालकहरुलाई बर्डफ्लुको आतंकले सताईरहेको थियो । सरकारले धेरै वर्डफ्लु लागेका कुखुराहरुलाई नष्ट ग¥यो पनि । तर अहिले अवस्था फेरिएको छ । वर्डफ्लु आतंकको ना निसान नै छैन । करोडौंका लगानी वर्डफ्लुले नष्ट गरिदिएपछि कुखुरा पालन नै गर्दिन भन्ने किसानहरु पनि फेरि कुखुरा पालनलाई आफ्नो व्यवसायका रुपमा अंगाल्न थालेका छन् ।

challaवर्डफ्लुका कारण ऋणमा डुवेका किसानहरु यो बर्षको चाडबाडमा भने विगतको घाटा उठाउने सोच लिएर व्यवसायमा फर्केपनि घाटा फिर्ता नहुने देखिएको छ । खुल्ला सीमानाका कारण अवैध रुपमा कुखुरा तस्करी भएर भित्रिन थालेपछि किसान चिन्तित हुन थालेका मात्र होइनन् आन्दोलनमा नै उत्रिएका छन् ।
चितवन र नवलपरासीका कुखुरापालक किसानहरु तस्करी भई अत्यधिक कुखराका चल्ला भित्रिन थालेपछि त्यसलाई तत्काल नियन्त्रण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । कुखुरा पालन व्यवसायको राजधानीका रुपमा चिनिएको चितवन जिल्लाबाट सवैभन्दा बढी मासुको खपत समेत हुने गरेको छ । विशेष गरी भारतबाट आयात हुने कुखुराका कारण आन्तरिक बजारमा मूल्यमा तरलता आउने भएका कारण त्यसलाई रोक्न माग गदैै किसानहरुले १० बुँदे माग सहित चितवन जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको भएपनि त्यसको सुनुवाई भएको छैन ।
आन्दोलनमा उत्रिएका किसानहरुले भारतबाट आयात हुने मासुजन्य पदार्थमा रोक लगाइनुपर्ने, त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई पहिचान गरी कारबाही गर्नुपर्ने, थोरै माउ भएका तर धेरै चल्ला बेच्ने फर्मको छानबिन गरी कारबाही गर्नुपर्ने, कच्चापदार्थको आधारमा दानाको मूल्य निर्धारण हुनुपर्ने, कुखुरा तथा कुखुराजन्य पदार्थको नापतौलमा निगरानी गर्नुपर्नेलगायतका माग राखेको किसान तोयानाथ अर्यालले बताउनुभयो ।
चितवनमा तीन हजारभन्दा कम कुखुरा पाल्ने किसान यसरी आन्दोलित भएका हुन् । उनीहरूले लागत मूल्यभन्दा पनि कुखुराको मूल्य कम परेको भन्दै दुःख व्यक्तसमेत गरेका छन् । नेपालमा एक हप्तामा २० लाख कुखुराका चल्ला उत्पादन हुन्छ ।

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७१