बुधबार, बैशाख १२, २०८१

खाद्यन्न नहुँदा कर्मचारी काज बिदामा

हुम्ला, ५ भदौ । हुम्ला जिल्लामा तीन महिनादेखि खाद्यान्न सङ्कट हुँदा जिल्ला बाहिराका कर्मचारीहरू काज बिदामा गएका छन् । अविरल वर्षाले गर्दा सदुरमुकाम सिमिकोटमा चाउचाउसमेत नपाइएपछि स्थानीय बासिन्दाहरू चीनको ताक्लाकोटबाट महँगो मूल्यमा मैदा ल्याएर खान बाध्य भएका छन् । जिल्लामा खाद्यान्न अभाव भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चरमा ल्याइएको प्रतिबोरा ३० किलोको चामल रु पाँच हजार पाँचसयका दरले सदरमुकामलगायत नजिकका गाविसमा बिक्री भइरहेको छ । समयमै खाद्यन्न ढुवानी नभए नजिकिँदै गरेको नेपालीहरुको महान चाड दसैँ तिहारमा पनि यस्तै सङ्कट हुने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ ५, २०७१