आइतवार, मंसिर २४, २०८०

हाम्रो उदेश्य भनेको पशुपालनमा बृद्धि गर्ने र उत्पादन बढाउने हो

Shubh N Mahatto
डा.शुभनारायण महत्तो
राष्ट्रिय निर्देशक, हेफर ईन्टरनेशनल

० के हो यो हेफर भनेको चाहिं ?
हेफर भनेको गाई हुनु भन्दा अगाडिको अवस्थामा रहेको बाच्छी हो । हेफर अर्थात बाच्छीबाट उपहार दिने कार्यक्रम हो यो । यो कार्यक्रम लगभग सत्तरी वर्ष अगाडि सन् १९४४ सुरु भएको हुनाले संस्थाको नाम नै त्यसैबाट हेफर इन्टरनेशनल भएको हो ।
० हेफरको पैंचो अभियान कहा“ पुग्यो ?
हेफरको पैंचो होइन उपहार दिने अभियान हो । यदि उपहार स्वरुप कसैलाई गाई दियो भने केही समयावधिमा त्यसको बाच्छी हुन्छ । गाईले दूध दिन्छ र त्यो गाईबाट पाएको बाच्छी अर्को परिवारलाई उपहार दिईन्छ । यसले गर्दा उपहार स्वरुप अर्को परिवारले पनि पायो । अर्को परिवारले पनि अर्को वर्ष गाईबाट पाएको बाच्छी अर्को परिवारलाई उपहार दियो र यो क्रमले गर्दा विस्तारै पुरै समुदायले उपहार पाउ“छ । यसरी नै विस्तारै सबै समुदायसम्म कार्यक्रम पु¥याउने लक्ष्य अनुरुप कार्यक्रम सञ्चालन भईरहेको छ ।
० कसरी अगाडि बढिरहेको छ त ?
हेफरको नीति के रहेको छ भने मान्छेको क्रियाकलाप, सोच्ने शक्ति व्यवहार सकारात्मक नभएसम्म उ जहिले पनि हात थाप्ने अथवा अन्यमा आश्रित हुन्छ । अन्यलाई केही दिन सक्ने कहिले पनि हुनसक्दैन । त्यसैले आर्थिक विकासको लागि मान्छेको सोच, क्रियाकलाप र व्यवहारको विकास हुनु जरुरी हुन्छ । समाज वा समुदायमा जा“दा यी सबै विषयहरु समेटेर जानु पर्छ । त्यही योजना अनुसार पशु उपहार दिने योजना लिएर समुदायमा जाने वातावरण हामीले बनाएर अगाडि बढिरहेका छौ ।
० हेफरले तल्लो तहका किसानहरुलाई उपहारको बहानामा धर्म परिवर्तन गरिरहेको भन्ने पनि सुनिन्छ नी ?
हेफरले यस्तो गरेको छ भन्ने कुरा एकदमै गलत हो । हामी बाह्रवटा आधार शीलाको माध्यमबाट मान्छेमा सकारात्मक सोचस“गै सौहार्दताका लागि उपहार होईन की निस्वार्थ भएर आपूmस“ग केही छ भने उपहार स्वरुप समुदायका अर्कालाई दिने सकारात्मक सोचलाई विकास गर्नेे आधार शीला अन्र्तगत अगाडि बढेका छौं । बाह्र आधार शीलामा आध्यात्मिकता छ । आध्यात्मिकता भनेको हिन्दू होईन, क्रिश्चियन वा मुस्लिजम पनि होईन । भन्न खोजेको केहो भने मान्छे, पशु रुख, बिरुवा र यो पृथ्वी सहितमा कुनै कुनै रुपमा उत्तिकै प्राण छ । यदि सबैले आप्mनो लागि मात्रै ग¥यो वा गर्न खाज्यो भने त्यो विश्वको कल्याण कुनै हालतमा हु“दैन । तयसैले सबैको कल्याण हुने सकारातमक सोच सबैमा जगाउनका लागि आध्यात्मिकताको आवश्यक हुन्छ ।
० पशु सेवा विभाग र हेफरमा बसेर काम गर्दामा के फरक पाउनु भो ?
म नेपाल सरकारको कृषि विकास मन्त्रालयको जागीरमा रह“दा र अहिले हेफरमा राष्ट्रिय निर्देशकको रुपमा कार्य गरिरहेको अवस्था भन्ने हो भने कामको प्रवृतिमा कुनै फरक छैन । त्यतिबेला पनि नया“ नया“ प्रविधिहरु र सिपहरुका विषयमा किसानहरुलाई ज्ञान गराईयो र उन्नत किसिमका बीउ बीजनहरु उपलब्ध गरायो भने विकास हुन्छ भन्ने सोचिन्थ्यो । त्यो सोच अहिले पनि छ र त्यो गलत पनि होईन । तर, त्यहा“ रहदा मैले नबुझेको कुरा के थियो भने सीप र प्रविधिस“गस“गै मान्छेमा सकारात्मक सोचलाई पनि परिवर्तन गर्नु पर्छ भन्ने सोचै थिएन । त्यसैले होला सरकारले सोचे जस्तो सफलता हा“सील गर्न नसकेको हो जस्तो लाग्छ ।
० हेफरले समुदायमा काम त गरिरहेको छ तर बाहिर देखि“दैन नी ?
नेपाल सरकार र विश्व बैंकले हेफरको विषयमा राम्रोस“ग जानेको र बुझेको छ । हेफरद्वारा सञ्चालित परियोजनाहरु सफल छन् भन्ने पनि स्वीकारेको अवस्था हो । कतिपय परियोजनाहरुमा विश्व बैंकले हेफरलाई सहभागी गरेर कार्य गरेको समेत अवस्था छ । हेफरका परियोजनाले गरेका काम र उनको सफलताको विषय लुकेको छैन । हेफरको आप्mनो नामको चर्चा भन्दा पनि किसानलाई बढी भन्दा बढी परियोजना मार्फत लाभ पु¥याउनु पर्छ भन्ने मुख्य लक्ष्य राखेर अगाडि बढिरहेको छ सञ्चार मँध्यमहरुमा नआएका मात्र हुन् ।
० यसको मतलव हेफरका सवै कार्यक्रमहरु सफल छन् त ?
जबसम्म सामाजिक उत्तरदायित्व प्रति मानिस सचेत हु“दैन तबसम्म कुनै कार्य वा परियोजनाहरु सफल हु“दैन । जस्तै तपाइ“ कुनै खानेपानी योजनाका लागि समुदायबाट तीन–चार किलो मिटरपर पानी संकलनका लागि ट्याङ्की निर्माण गरेर त्यसपछि पाईप जोडेर समुदायमा ठा“उ–ठाउ“मा धाराहरु जडान गरिदिनुहुन्छ तर त्यहा“का मानिसमा समाजप्रति सचेत भएको छैन अथवा सकारात्मक सोच त्यो समुदायमा ल्याउनु भएको छैन भने, पानीको धारा कुनै एकको घर अगाडी छैन र उसले पानी ल्याउन अलि टाढा जानु पर्ने भयो भने उसले एक न एकदिन त्यो पानीको पाईप नै काटिदिन्छ र त्यपछि त्यो काटिएको पाईपलाई मर्मत गर्ने सोच कसैमा हु“दैन सबैले सरकारले बनाएको हो मर्मत पनि सरकारले नै गरोस भन्ने सोच उनीहरुमा हुन्छ । तर, यो मेरो लागि हो यदि यो भएन भने मैले र मेरो समुदायले पाउने सुविधाबाट हामी बञ्चित हुन्छौं भन्ने सोच उनीहरुमा हु“दैन । किन भने त्यहा“ सामाजिक उत्तरदायित्वका लागि लगानी भएको हु“दैन । त्यसका लागि समाजमा अथवा समुदायमा सामाजिक उत्तरदायित्वमा लगानी गर्ने सोचको विकास गर्नु अति आवश्यक छ ।
० सरकारी निकाय एवं गैरसरकारी निकायहरुले पनि पशुपालनलाई जोड दिएको देखिन्छ तर मासुको आयात चाहि घट्न सकेको छैन नि त ?
अहिले हेफरको नया“ परियोजना चौबिस मिलियन डलर बराबरको छ । यो परियोजनाले दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो परियोजना नेपालका एकलाख अठतीस हजार परिवारमा पु¥याउने लक्ष्य रहेको छ । यसको लक्ष्य के छ भने अहिले हामीले नेपालमा भारतबाट पा“च लाखको संख्यामा बोका आयात गर्छौ र पा“च वर्ष भित्रमा यो परियोजनाको माध्यमबाट त्यो आयातको संख्यालाई प्रतिस्थापन गर्छौ  । हेफरले आप्mनो रुची अनुसार मात्र काम गर्दैन । हेफरको प्रस्ताव मात्रै छ जस्तै समाजमा सकारात्मक सोच आउनु पर्छ, महिलालाई अघि बढाउनु पर्छ भन्ने लगायत विषयहरु छन् । तर, हेफरको कार्य गर्ने जुन शैली हुन्छ त्यसमा भने हेफरले कुनै सम्झौता गर्दैन । मुलुकलाई के चाहिएको छ त्यो मुख्य विषय हो र पशुपालनमा अहिले जे जसरी उपहार कार्यक्रम छ । त्यसलाई अझ बढावा दिन सकियो भो आयातको मात्रा घट्छ भन्नेका हामी ढुक्क छौं ।
० प्रतिस्थापन गर्ने आधार के छन् ?
हामीले पशुपालनलाई बृद्धि गर्ने र प्रविधिको सहयोगमा उत्पादन बढाउने । त्यस्तै पशु पालनका लागि अतिआवश्यक भनेको उनको आहारा हो जस्तै घा“स । हेफरका परियोजनाहरु जहा“ पनि सञ्चालनमा आएका छन् ती क्षेत्रमाहरुमा खेर गइरहेको जग्गामा समय अनुसार कुन घा“स उत्पादन हुन सक्छ त्यो घा“स व्यापक रुपमा उत्पादन गर्ने कार्य हाम्रो परियोजनाले गराएको छ । अहिलेसम्म के देखिएको थियो भने दुई वर्षमा २७ देखि २८ किलोग्राम खसीको मासु उत्पादन हुन्थ्यो भने हेफरको परियोजनाले कार्य गरीरहेको ठाउ“मा लगभग सात देखि आठ महिनामा त्यति मात्रामा खसीको मासु तयार भई रहेको अवस्था छ । यस्ता विभिन्न विषयहरु प्रतिस्थापन गर्ने आधारहरु छन् । प्रस्तुति – योगेन्द्रप्रताप शाही

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१