आइतवार, जेष्ठ १३, २०८१

टेलिभिजन र पत्रिकाका कारण डुब्यो तरकारीमा गरेको लगानी

दुई तीन बर्ष अगाडिसम्म नेपालमा साना तथा ठूला लगानीमा सञ्चालनमा आएका सञ्चार माध्यमहरुले कृषिका विषयमा समाचारहरु अन्त्यनै न्यूनमात्रामा प्रकाशन प्रशारण गर्ने गर्दथे । तर अहिले त्यो कुरा उल्टिएको छ । पछिल्लो समयमा कृषि र कृषि क्षेत्रसँग सम्वन्धित समाचारहरुले विशेष स्थान नै पाउन थालेका छन् । त्यसले गर्दा नेपाली किसानहरु पनि सञ्चार क्षेत्रसँग केही सकारात्मक हुन थालेका छन् । तर सञ्चार माध्यमकै कारण कृषिमा लगानी गर्नेहरु डुब्न थालेका उदाहरण पनि प्रशस्त भेटिन थालेका छन् । त्यसमध्ये खोटाङ्गका सुरेन्द्र विक्रक गुरुङ्ग एक हुन् ।
गुरुङ्गले ५ बर्ष दक्षिण कोरियामा बसेर कमाएको सम्पत्ति व्यवसायिक तरकारी खेती गर्दा गर्दै डुवाएको बताउ“छन् । नेपाली सञ्चार माध्यमहरुले सहि र तथ्य समाचार सामग्रीहरु प्रकाशन नगरिदिने हुनाले मुलुकको विकास हुन नसकेको उनको गुनासो छ । काठमाडौंको गोकर्ण गाविस वडा नं ८ मा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको उनले पत्रिका र टेलिभिजनका कारण आफू डुवेको बताउ“छन् ।
पारिवारिक समस्या अनि बेरोजगारीका कारण केही कमाई गर्ने आशाामा हङ्गकङ्ग पुगे । हङ्गकङ्गमा उनले पोखराका एक गुरुङ्ग थरका नेपाली मित्र भेटे जसकी श्रीमती फिलिपिन्स की थिइन् । तिनै फिलिपिन्सी भाउजुको सहयोगमा उनी एक साता पनि हङ्गकङ्ग नवसी सहुँदै १५ दिने भिषामा दक्षिण कोरिया पुगे । १५ दिने भिषा लिएर दक्षिण कोरिया पुगेका सुरेन्द्रले ५ बर्ष बिताए  । काम पनि राम्रै गरे तर उनले मालिकबाट कहिल्यै पनि सहयोग पाएनन् भनेजति तलव पनि पाएनन् । काम गर्ने समयमा टुङ्गो थिएन । मालिकले जुन बेला भन्यो त्यही बेला काम गर्नु पर्दथ्यो । धेरै कष्टकर रुपमा काम गरिरहेकै भएपनि नेपाल फर्कने सोचमा उनी थिएनन् तर फर्कनै पर्ने घरायसी वाध्यताका कारण उनी फर्किए ।
केही महिना नेपाल बसाई पछि उनी फेरि मुग्लान भासिने तरखर त गरे तर त्यही तरखरमा विदेश पठाईदिन्छु भन्दै दलालहरुले लाखौं खाई दिए । केही रकम त फिर्ता दिए तर उनले ५ लाख भने माया नै मार्नु प¥यो । त्यसपछि उनले नेपालमै केही गर्छु भन्ने सोच राखे र किराना पसलको शुरुवात गरे । तर किराना पसलबाट प्रगति हुने लक्षण नै देखिएन दिनप्रतिदिन पसल रित्तिदै गयो र पसल पनि उनले विक्री गरिदिए । पसल विक्री पछि उनी बेरोजगारीका कारण भौतारिन थाले । रोजगारी पाइने आशामा पत्रपत्रिकामा आवश्यकता धेरै हेरे धेरै ठाउ“मा पनि गए ।
तर उनीहरु जागिर दिने होइन यसैगरी आफैपो जागिर खाईरहेको भान उनलाई भयो । कान्तिपुर दैनिकको बर्गिकृत विज्ञापन हेर्दै गर्दा उनको आँखा गोलभेडा खेतीबाट लाखौं आम्दानी शीर्षकको समाचारमा पुग्यो । उनले पत्रिका किनैर कोठामा लगे । समाचार पुरै पढें दोहो¥याएर पढें उनी भन्छन् । त्यत्तिमात्र होइन बेलुका टिभी पनि हेरें । व्यक्ति फरक भएपनि करीव करीव पत्रिका र टेलिभिजनका सन्देश एउटै थिए तरकारी खेतीबाटै लाखौं कमाई । यति भएपछि उनी टे«किङ्ग गर्ने एक जना भाईलाई भेट्न गए र आफू अव विदेश नजाने नेपालमा नै व्यवसायिक रुपमा तरकारी खेती गर्ने अठोट गरे । ती भाई पनि सकारात्मक भए र उनले पनि लगानी गर्ने बचन दिए । सुरेन्द्रलाई के खोज्छन् कानो आँखो भने जस्तै भयो बेरोजगारीबाट भौतारिएका उनी तरकारीखेतीबाट नै महिनामा लाखौं कमाउने सपना बुनें । तरकारी खेती गर्नका लागि जग्गा खोजे मासिक १९ हजार प्रति रोपनीका दरले भाडामा १० रोपनी लिए । र शुरु गरे महिना लाखौं कमाउने अभियान ।
surendraतर सुरेन्द्रको सपना चकनाचुर भयो । महिनामा लाखौं कमाउने होइन लाखौं सिध्याउने काम गर्न थालेछु । पत्रिका र टेलिभिजनले गलत सन्देश प्रकाशित गर्दा उनी यतिखेर १५ लाख डुवेको बताउ“छन् । काम शुरु गरिसकेको छु , ५ जनालाई रोजगारी पनि दिएको छु । तर सर, यो टनेल खेतीलाई जति स्याहार सुसार गरें त्यो मेरो छोराछोरीलाई गरिन तर मैले यसबाट वैंकमा तिर्ने व्याजमा पनि पाईन गला अवरुद्ध पार्दै उनी भन्छन् ।
गोलभेंडा उत्पादनका लागि प्रतिकेजी रु. १० लागत लाग्ने बताउने सुरेन्द्र डा केदार बुढाथोकीले एउटा बोटबाट ८ केजी फलाउन सके फाइदा हुन्छ भन्नुहुन्थ्यो तर ८ केजी त फल्न धेरै मुश्किल रहेको समेत बताउ“छन् । लगानी गरिसकें आउँछ कि आउ“छ की भन्दै लगानी थप्दै गईरहेको छु उनी भन्छन् । कति पुग्यो होला त लगानी हाम्रो प्रश्नमा उनी भन्छन् कति भनौं सर डुब्दै गईरहेका छ २१÷२२ त पुग्यो होला पीडाको हाँसोसँग उनी मुक्कुराउ“छन् ।
टनेल खेतीमा प्रशस्तै फाइदा हुन्छ भन्छन् तर तपाई घाटा छ भन्नु हुन्छ किन ? भन्ने हाम्रो प्रश्नमा सुरेन्द्र भन्छन् ः फाइदा त छ नि सरकारी अनुदान लिनेहरुलाई तर आफ्नै पैसा खर्च गरेर खेती गरुन् न अनि थाहा हुन्छ ? उनको प्रतिप्रश्न थियो । अनि हामीले सुरेन्द्रलाई सोध्यौं कालिमाटीमा गोलभेंडा किन फाल्या त ? उनले हाँस्दै भने साथीहरुले तीन चार क्रेट मागे मैले पनि दिएँ । लगानी उठेन भने लहै लहैमा लागेको हो म पनि उनको तर्क थियो ।
कसले माग्यो फाल्नलाई गोलभेंडा हाम्रो प्रश्नको उत्तरमा उनले भने नाम चाहि नभनौं सर इजरायलबाट आएको एउटा साथीले । प्रसंग बदल्दै उनले भने सरकारी अनुदान काम गर्नेले पाउने होइन रहेछ । अव त कसैलाई पनि यो व्यवसाय नगर बरु विदेश नै जा भन्छु भन्ने निराश अभिव्यक्ति थियो सुरेन्द्र गुरुङ्गको । गतल समाचार संप्रेषणले र गलत सफलताको सन्देशले म जस्ता अरु नडुबुन् उनले सञ्चार माध्यमलाई समेत सचेत हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१