बिहिबार, फाल्गुन १०, २०८०

कृषक आन्दोलित

बनेपा, ३० साउन । कृषिउपजमा विषादी प्रयोग भएका कारण त्यस्ता उपज बिक्री वितरण नभएपछि काभ्रेपलाञ्चोकका कृषक आन्दोलित भएका छन् । आज सोही विषयलाई लिएर काभ्रेको पाँचखालका कृषक र प्रहरीबीच सामान्य झडप भयो । कृषिउपज पाँचखालको तामाघाट अरनिको राजमार्गमा फालिएपछि सवारी आवागमन अवरुद्ध भएको र सवारी आवागमन खुलाउने क्रममा प्रहरी र कृषकबीच ढुङ्गा हानाहान भएको हो । अहिले सो स्थानमा प्रहरीले कृषकमाथि दमन गरेको भन्दै नाराबाजी भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७१