बिहिबार, फाल्गुन १७, २०८०

विषादीको विकल्प खोज्दै किसान

चितवन, २९साउन।बिषादीको चर्चासँग किसानहरु तरकारीजन्य उत्पादनमा लाग्ने किराहरु नष्ट गर्न के गर्ने भन्ने अन्योलमा परेका छन्।त्यही अन्योलमा परेका चितवनका किसानहरुले विषादीको विकल्प दिनुपर्नेमा जोड दिएका छन्।

विषादी प्रयोग नगरे उत्पादन लिन नसक्ने भएकै कारण बाध्यतावस विषादी प्रयोग गर्नु परेको अधिकांश किसानहरुको गुनासो छ।विकल्प भए विषादी प्रयोग नगर्न आफूहरू तयार रहेको उनीहरूले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक सुन्दर तिवारीले विषादी न्यूनीकरणका लार्गि  प्राङ्गारिक खेती तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।

यसैगरी जिल्ला कृषि विकास कार्यालय चितवनका कृषि प्रसार अधिकृत रामचन्द्र गौतमले प्राङ्गारिक खेतीसम्बन्धी कार्य पत्र र बागवानी विकास अधिकृत धनबहादुर थापाले कृषि बिमा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

प्रकाशित मिति: बिहिबार, साउन २९, २०७१