भीमदत्तनगर, २९ साउन । नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालयले महाकाली अञ्चलमा खाद्यान्न समस्या नभएको बताएको छ । संस्थानको सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीले दिएको जानकारीअनुसार महाकालीमा हालसम्म खाद्यान्नको समस्या देखिएको छैन् । महाकाली अञ्चलमा दार्चुलामा तीन र बैतडीमा दुईवटा खाद्य डिपो रहेका छन् । दार्चुलामा सुनसेरा, पारीबगर र खण्डेश्वरी तथा बैतडीको पुरचुडीहाट र मेलौलीमा खाद्य डिपो रहेका छन् । सुनसेरामा खाद्यान्न समस्या भएको सुन्नमा आए पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामाफत आधिकारिक जानकारी नआएको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सुरेन्द्रराज विष्टले बताउनुभयो ।
खाद्यान्नका लागि टेन्डर प्रक्रियामा भएको ढिलाइका कारण खाद्यान्न डिपोमा पु¥याउन नसकिए पनि खाद्यान्न अभाव भने नरहेको प्रमुख विष्टले जानकारी दिनुभयो । “टेन्डर प्रक्रिया अब १५ दिनभित्र सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि पहाडी जिल्लामा खाद्यान्न पढाउछौँ ।” सुनसेरामा भारतबाट पनि चामल आउने हुँदा खाद्यान्न अभाव नरहेको उहाँले बताउनुभयो । उहाँले टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानीमा ढिलाइ भएको स्वीकार गर्नुभयो । प्रमुख विष्टले खाद्य गोदाममा चामल तथा गहुँ गरी ११ हजार क्विन्टल मौज्दात रहेको उल्लेख गर्नु भयो । संस्थानको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष दार्चुलाको सुनसेरा डिपोमा एक हजार ६१० क्विन्टल पारीबगर र खण्डेश्वरीमा १५÷१५ सय क्विन्टल र बैतडीको पुरचुडीहाटमा दुई हजार ५०० क्विन्टल र मेलौलीमा ६७० क्विन्टल चामल पठाएको थियो ।
Add Comment