बुधबार, बैशाख १२, २०८१

आधा शताब्दी काटेका घले जोडी चिराईतो खेतीमा रमाउदै

DSC01802रसुवा । नेपालमा कृषि पेशा जिविको पार्जनको लागि मात्र नभई अव व्यवसायिक रुपमा पनि कृषिको थालनी हुन थालेको छ । उमेरले ५० वर्ष नाघिसकेका बेशले घले समाजमा आफु लाई एक उदाहरणीय व्यक्तिको रुपमा चिनाउन सफल भएका छन चिराईतो खेतीले । ४० रोपनी जग्गा भाडामा लिएर घलेले चिराईतो खेती गरेका घले चिराईतो यस्तो खालको जडिवुटी हो जस्ले साधारण रुपमानै सिटामोलको काम गर्छ भने यसलाई प्रशोधन गर्ने हो भने यो धेरै महत्व पुर्ण जडिवुटी हो भन्छन् । चिराईतो प्रयोग धेरै भन्दा धेरै औंषधि जन्य पदार्थमा हुने भएकाले यसको माग दिन प्रति दिन बढ्दै गएकाले यस माग पनि त्यतिनै भएको एक तथ्याङ्कले समेत बताएको छ । त्यसैले पनि होला पछिल्ला दिनहरुमा किसानहरु चिराईतो पेशा प्रति आकर्षित भएका देखिन्छन् । तर, घलेले चिराईतोको बढ्दो माग र त्यसको आवश्यकतालाई बुझेर नै चिराईतो खेतीको थालनी गरेका बताउ“न् । चिराईतोको व्यवसायिक खेती र उत्पादन गर्न त्यति झन्झटिलो नभएको र वजारीकरणको समेत अभाव नहुने उनको तर्क रहेको छ ।

उत्पादन पछि बजार हेर्नु पर्दैन उत्पादन स्थलमानै लिन आउने भएका कारण चिराईतो खेतीतिर झन आकर्षित भएको वताउछन । हिमाली आयोजनाले ४ लाख ३४ हजार ८ सय ७८ आयोजनाको अनुदान सहयोग र आफुले १ लाख ८ हजार ७ सय २० रुपैया लगानी गरेर चिराईतो खेतीको सुरुवात गरेका बताउ“छन् । ४० रोपनी जग्गामा चिराईतो खेती गरेका घलेले आफुहरु बुढबुढी भएरनै सवै काम गरिरहेको वताउ“छन । चिराईतो खेती सुरुवात गरेको २ वर्ष मात्र भएकोले त्यति धेरै काम नभएको र कामदारहरु आवश्यक नपरेको बताउदै भविष्यमा ५ जना सम्म कामदार राखेर काम वढाउने समेत लक्ष्या रहेको उनको योजना रहेको पनि भन्छन् ।kisan व्यवसायिक चिराईतो खेतीबाट आउने २ वर्षमा ११ लाख ९४ हजार आम्दानि गर्ने लक्ष्या समेत राखेको वताउ“छन । चिराईतोको विउ ८ महिनामा रोप्न योग्या हुने र तिन वर्ष पछि मात्र वेच्न योग्या हुने समेत वताउछन । गोडमेल गर्नु पर्ने र गाई वस्तुको मल जस्तै धरै प्राङ्गारिक मल प्रयोग गर्नु पर्ने बताएका छन् चिराईतो खेती उत्पादनको हिसावले धेरै समय लागेता पनि उत्पादन पश्चात यो १ किलोको ६ सय रुपयामा विक्री हुने वताएका छन । चिराईतो खेती गर्नुका लागि अरु भन्दा सहज भएको भएपनि पानी अभावका कारणले गर्दा समस्या परेको समेत उनी वताउछन् । कुटो कोदालो चलाउन जानेर मात्र खेती गरिदैन व्यवसायिक खेती गर्नको लागि आवश्यक कृषक तालिम जिल्लावाट उपलव्ध गराउनु पर्ने समेत उनको तर्क रहेको थियो । उमेरले आराम गर्ने र तीर्थवर्त गर्ने बेला भएता पनि घलेका दुबै जना आप्mनै हात पाखुरा खियाएर व्यवसयिक रुपमा खेती गरेर एक अर्कामा खुसी भएका सहजै बुभ्mन सकिन्छ । कृषि खेतीबाटनै नेपालको आर्थिकस्तरमा सहयोग हुन्छ घले भन्छन । उच्च पहाडी तथा जिविको पार्जन सुधार आयोजना (हिमाली) को अनुदान सहयोगले गर्दा घलेलाई अझै उत्साहित मात्र बनाएको छैन अरुलाई समेत चिराइतो खेतीका लागि आकर्षित गरिरहेका छन् । -कमला नेपाल

प्रकाशित मिति: बिहिबार, साउन २९, २०७१