सप्तरी, २७ साउन । सप्तरीको मलेठ गाविसमा सप्तरी क्याटल फार्म हाउसले व्यावसायिक गाईपालन गरी दूध उत्पादन गर्न थालेपछि सप्तरीवासीले सहज रुपमा दूध पाउन थालेका छन् । जिल्लामा गाईको दूध पाउन नसकिरहेका बेला व्यावसायिक गाईपालनमार्फत सर्वसाधारणलाई सहज र गाईको शुद्ध दूध पु¥याउने उद्देश्यले क्याटल फार्म हाउस सञ्चालनमा ल्याइएको हो । होलेस्टिन जर्सी जातको गाईपालनमार्फत सर्वसाधारणलाई क्याटल हाउसले दैनिक ८० लिटरसम्म शुद्ध दूध बिक्री वितरण गर्दै आएको छ ।
मलेठ गाविसस्थित दुई बिघा जग्गामा स्थापना गरिएको क्याटल फार्म हाउसमा पाँचवटा गाईबाट सुरु गरेको जानकारी दिँदै फार्मका सञ्चालक विश्वनाथ दासले निकट भविष्यमा फार्म ६० वटा होलेस्टिन जर्सी जातको गाई पु¥याउने बताउनुभयो । गाईपालनको अभावमा सप्तरीवासीले गाईको शुद्ध दूधको अभाव झेल्दै आए पनि क्याटल हाउस सञ्चालनसँगै उक्त समस्याबाट मुक्ति पाउने स्थानीयवासीले विश्वास लिएका छन् ।
Add Comment