बुधबार, मंसिर १३, २०८०

भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी

नेपालगन्ज, २७ साउन । परिश्रमी तथा लगनशीलहरूलाई धन आर्जन गर्न विदेश नै जानु पर्दैन भन्ने उदाहरण बाँके जिल्ला नौवस्ता गाविस नेउलापुरका कृषकले प्रस्तुत गरेका छन् । केही वर्षअघि अरुका घरमा दैनिक मजदुरी गर्ने सो गाउँका ७० जना कृषकले अहिले गाउँमा व्यावसायिक भैँसीपालन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालयले दुई वर्षअघि सो गाउँको सिर्जना भैँसीपालन व्यावसायिक समितिलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि समितिअन्तर्गतको भँैसीपालन व्यवसाय दिन दुना चार चौगुना प्रगति पथमा लम्कँदै गएको कृषक बताउँछन् । सुरुमा २५ भैँसी पालेर थालिएको व्यवसायमा अहिले समितिअन्तर्गत भैँसी, पाडा र राँगा गरी २०० भन्दा बढी रहेको समितिका पदाधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७१