आइतवार, फाल्गुन २०, २०८०

अष्ट्रिचको मासु र खसीको मासु प्रतिस्प्रर्धा हुन सक्छ

 DSC02972२०६३ सालमा अस्ट्रिचका १५०० सय अण्डा आयात गरेर नेपालमा अस्ट्रिच चराको व्यवसायिक फार्मको शुरूवात गरेका सिपी शर्मा नेपाल कै पहिलो अस्ट्रिच व्यवसायी बनेका छन् । अस्ट्रिच व्यवसायी शर्मास“ग अस्ट्रिच चरा र अस्ट्रिच व्यवसायिक फार्मको थालनीदेखि आजसम्म आईपुग्दा उनले भोग्नु परेका विभिन्न परिस्थितिका बारेमा कृषि साप्ताहिकका लागि योगेन्द्र प्रताप शाहीले गरेको कुराकानीकोे अंश :

० अस्ट्रिच फार्म शुरु गर्ने सोच कहाबाट आयो ?
अस्ट्रिच भनेको मूल अफ्रिकन र पचास सेन्टीगे्रट प्लस माइनस ताक्रममा रहन सक्ने चरा हो । समय समयमा संसारमा विभिन्न प्रकारमा वातावरण परिवर्तन हुदै आएको र त्यस परिवर्तित वातावरणमा भिज्दै आएको चरा हो । अस्ट्रिचको इतिहास हेर्ने हो भने लगभग चारसय वर्ष पुरानो चराको रुपमा चिनिन्छ । यो लगभग असी वर्ष बा“च्न सक्छ । तापक्रमका हिसाब र भौगालिक हिसाबमा बुभ्mदा नेपालमा अस्ट्रिचको व्यवसाय हुन सक्छ जस्तो मलाई लाग्यो र यस विषयमा मैले आप्mनो हिसाबले सोचेर अस्ट्रिच फार्म शुरु गरेको हो ।
० कत्तिको सहज छ अस्ट्रिचको व्यवसायिक पालन ?
हामीहरूको कमी कमजोरी के छ भने कुनै कुरा आयो अथवा ल्याईयो भने त्यसको विषयमा अध्ययन गरिदैन । देखेको सुनेको हिसाबले जे देखिएको छ त्यो मात्र भनिन्छ । कुनै पनि व्यवसाय सुरू गर्दा समस्याहरू त हुन्छन नै त्यो स्वाभाविकै हो । एक गाई पाल्दा पनि कति समस्याहरू आउछन् भने अस्ट्रिचपाल्नु भनेको त नया“ कुरा, नया“ विषय त्यसमा पनि बिल्कुलै नया प्रजातीको चराको व्यवसायिक फार्म खेती गर्दा समस्या भईहाल्छ । तर, पनि हामीले ती समस्याहरुको समाधान गर्दै सात वर्षको खुड्किलो पार गरेका छौ । अहिले हामीले अस्ट्रिचको अण्डाबाट चल्ला र माउ तयार गरेर ती चल्लाहरु बजारमा बेचिरहेका छौं । साथै अस्ट्रिचको मासुको पनि बजारमा आई सकेको छ ।
० त्यसो भए व्यवसाय राम्रो छ ?
हामीले सुरू गरेदेखि अहिलेको अवस्था हेर्ने हो भने अस्ट्रिचको व्यवसायले राम्रै व्यापकता आएको छ । किन भने हामीले सुरू गर्दा अस्ट्रिचको क्षेत्रमा हामी मात्रै थियौं भने अहिले लगभग १५/१६ वटा अस्ट्रिचका फार्महरू भएका छन् । अझ पनि विस्तारै बढ्र्दै जाने क्रममा छ । अस्ट्रिचको विषयमा किसानहरूको राम्रै रूचि देखिन्छ । आउने दिनहरूमा यस्को व्यापारले व्यापकता पाउ“छ भन्नेमा म धेरै आशावादी छु ।
० बजारीरकण गर्न कतिको सहज छ त ?
चप्पल नलगाउने ठाउमा चप्पलको व्यापार हुन्छ कि हुदैन भने जस्तै हो । अस्ट्रिचको बजारीकरण भनेको मेरो हिसाबमा सहजै छ जस्तो लाग्छ । किन भने अस्ट्रिचको मासु रातो मासु हो यसमा कोलेस्ट्रोलको मात्रा छैन भन्दा पनि हुन्छ, यसमा प्mयाटको मात्रा एक प्रतिशत भन्दा पनि कम हुन्छ भिटामिनको मात्रा बढी हुन्छ र यसमा एन्टिबायोटीक प्रयोग हुदैन । अर्को कुरा अस्ट्रिच साठी प्रतिशत घा“स र चालीस प्रतिशत गहु, मकै र जौं खाने हो । त्यसैले विभिन्न तत्वहरू यस अस्ट्रिचको मासुमा हुन्छ समग्रमा भन्नु पर्दा मानव शरीरलाई फाइदा हुने प्रसस्त कुराहरू अस्ट्रिचको मासुमा हुन्छ । त्यसैले अस्ट्रिचको मासु स्वादिलो र स्वस्थ छ त्यसो हुनाले यसको बजारीकरणमा अप्mठ्यारो होला जस्तो लाग्दैन ।
० तर ब्याजको हिसावले लगानी नै उठ्न गाह्रो हुन्छ भन्ने कुरा के हो त ?
अस्ट्रिचको व्यवसाय गाह्रो भन्दा पनि यो व्यवसाय भनेको सहनशिल हुनेहरुले गर्ने व्यवसाय हो जस्तो लाग्छ । किन भने एउटा अण्डाबाट चल्ला निस्केपछि अर्को अण्डा तयार हुन चार वर्षको समय लाग्छ । चार वर्ष पछि अस्ट्रिचले अण्डा दिन्छ । चार वर्ष अस्ट्रिचलाई पाल्नु भनेको धेरै लामो समयावधि हो र त्यसको दाना आदि इत्यादिले गर्दा धेरै मह“गो भएर जान्छ । अहिले किसानहरूको हकमा नौ महिनामा अस्ट्रिच पाल्यो भने लगभग एक क्वीन्टल भन्दा पनि माथिको तयार हुन्छ । । जति हामीलाई समय लाग्यो त्यति अब किसानहरूलाई त्यस्तो लामो समयको समस्या छैन । अहिले हामी किसानहरूलाई तीन महिना भएको अस्ट्रिचको चल्ला पाल्न दिन्छौ । किन भने तीन महिनासम्मको चल्लालाई वीमाले स्वीकार गर्दैन । तीन महिना भईसकेपछि वीमाले पनि स्वीकार्छ र त्यसको वीमा हुन्छ । व्यवसायिक रुपमा किसानहरूले छ महिना पाल्ने हो छ महिना पछि अस्ट्रिज तयार हुन्छ । त्यसले लगानी उठ्दैन भन्ने होइन ।
० लक्षित उपभोक्ता बर्ग को हो त यसको ?
उत्पादनको क्षमता र लागतमा वर्ग लक्षित हुने कुरा हो । अस्ट्रिचलाई पोल्ट्रीसग वा माछासग तुलना गर्न मिल्दैन । अस्ट्रिचको मासु भनेको स्वास्थ्यका लागि राम्रो हो अथवा अस्ट्रिचको मासु स्वास्थ्यस“ग सम्बन्धित छ । लक्षित वर्गको कुरा गर्दाखेरी मैले भन्नै पर्ने हुन्छ जस्तै अहिले हामी खसीको मासु लगभग आठ सय रुपय प्रति किलोमा लिएका हुन्छौ त्यो एक किलो खसीको मासुमा हाड, छाला, बोसो र नशाहरु नखाने चीजमा पर्छन यदि ती चीजहरू हामीले एक किलो मासुबाट बाहिर निकाल्यौं भने मासुमात्र लगभग आधा किलो रहन्छ । आधा किलो मासुको हामी आठ सय रुपया“ तिरी नै राखेका छौ भने हिसाब गर्दा त सोह्र सय एक किलो खसीको मासु पर्न गयो । खुद्रा बिक्रेतामा अस्ट्रिचको मासु एघार सयमा उपलब्ध भईरहेको छ । यो कुरालाई बुभ्mन जरुरी छ ।
० त्यसो भए अष्ट्रिच पालनमा समस्या छैन ?
मुख्य समस्या अलिकति कहानिर देखिएको छ भने खुद्रा व्यापारीहरूले मुनाफा बढी चाहेका हुन्छन । यसले गर्दा अस्ट्रिचको मासु सहजरुपले उपलब्ध हुन नसकेको हो कि भन्न सकिने अवस्था देखिन्छ । अस्ट्रिचको नब्बे प्रतिशत दाना र घास आहारा हो । नेपाल कृषि प्रधान देश भन्छौ तर हामी घा“समा आत्मनिर्भर हुन सकेका छै नौ । घा“स समेत हामीले एक समय विदेशबाट आयात गर्नु परेको अवस्था समेत थियो । तर जुन हिसाबले किसानहरूको अस्ट्रिच पालन प्रति चासो र विश्वास देखाएर आइरहनु भएको छ त्यो हिसाबमा आउने दिनहरूमा हामी खसीको मासुसग प्रतिस्प्रर्धा गर्न सक्छौ जस्तो लाग्छ ।
०.राज्यले चाहि कत्तिको चासो देखाएको छ त अष्ट्रिच पालनमा ?
अहिलेसम्म राज्य गाई, भैंसी, बाख्रा, बङ्गुर र कुखुरा आदिमा नै सिमित भएको थियो । अस्ट्रिचको विषयमा राज्यलाई सोच्ने मौका थिइन । अहिले आएर अस्ट्रिचको पनि व्यवसायिक फार्म छ है भनेर बल्ल अस्ट्रिचको विषयमा बुझेको छ त्यति सोच राज्यको जानु पनि सकारात्मक पक्ष र खुसीको कुरा हो । जब अस्ट्रिचको मासुले बजार बनाउछ त्यस पछि नियार्त गर्नसम्म पुग्छ तब राज्यले यसको विषयमा यसको मूल्य थाहा पाउ“छ । तर, त्यो समयसम्म अर्कैले फाइदा लिई सकेको हुन्छ । राज्यको कमी भनौ या कमजोरी के छ भने अध्ययन गर्दैन अथवा अध्ययन गर्ने बानी छैन ।
० अन्त्यमा अष्ट्रिच पार्न खोज्ने किसानहरूलाई के भन्नुहुन्छ ?
अस्ट्रिचको फार्मिङ गर्नलाई गाह्रो समय भनेको जन्मेको तीन महिनासम्म हुन्छ । तीन महिनासम्म विभिन्न तापक्रम र व्यवहारमा हुर्काउनु पर्ने हुन्छ । त्यो सबै किसानहरुको बसमा हुदैन भन्नाको अर्थ के भने तीन महिनासम्म विभिन्न कारणले लागत लाग्ने हुनाले किसानको लागत धेरै बढेर जान्छ । त्यसैले हामीले तीन महिनासम्म हुर्काएर तीन महिनापछि किसानहरूसम्म पु¥याउने गरेका छौ । दैनिक जसो पूर्व देखि मेची महाकालीसम्मबाट अस्ट्रिचको विषयमा रुची देखाएर फोन आईरहेका हुन्छन् । गाह्रो केही छैन तर अस्ट्रिचको फार्मको लागि मात्रै होइन जुनसुकै व्यवसाय गर्नु अघि राम्रोस“ग बुझेर अध्ययन गरेर मात्रै कामको थालनी गर्दा सफल होइन्छ भन्न चाहन्छु ।–योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७१