मङ्लबार, बैशाख ४, २०८१

चियामा आइपिएम प्रविधिबारे छलफल

झापा, २६ साउन । पछिल्लो समयमा खाद्य उत्पादनका लागि आईपिएम प्रविधि लोकप्रिया बन्दै गईरहेका बेला भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि तथा व्यवस्थापनमा अध्ययनरत विद्यार्थी र साना चिया उत्पादक किसानबीच ‘आजको समयमा चिया उप्पादनमा आइपिएम प्रविधिको महत्व’ विषयक छलफल कार्यक्रम सम्पन्न भयो ।

झापाको चन्द्रगढी–१ कलबलगुडीस्थित हर्क चिया बगानमा विद्यार्थीले अध्ययनमा सिकेका जानेका कुरा किसानसँग बाँड्ने र किसानले गर्दै आएको चियाखेती प्रणालीलाई विद्यार्थीले बुझ्ने लक्ष्य लिई सो कार्यक्रमको आयोजना गरिएको थियो ।
चिया किसान सतेन्द्रकुमार कर्ण, पूर्णबहादुर कार्की र गोपाल खड्काले आफूले गर्दै आएको चियाखेतीको पद्धतिबारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा आफूले विगत सात वर्षदेखि आइपिएम प्रविधिमा चिया उत्पादन गरे पनि उपयुक्त मूल्य नपाएको हर्क चिया बगानका निर्देशक गोपाल खड्काले उल्लेख गर्नुभयो ।
आइपिएम प्रविधि राम्रो प्रविधि भए पनि किसानलाई बुझाउन गाह्रो भएको चिया किसान सतेन्द्रकुमार कर्णले बताउनुभयो ।

 

प्रकाशित मिति: सोमवार, साउन २६, २०७१