बिहिबार, फाल्गुन १७, २०८०

बिरुवा बिक्रीबाट वार्षिक सात लाख

खोटाङ, २४ साउन । कमाई गर्न खोज्नेहरुका लागि विभिन्न तरीकाहरु छन् । कसैले आफै उत्पादन गरेर कमाउँछ त कसैले त्यसको बजारीकरण गरेर नै कमाउने गर्दछ । खोटाङ याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले फलफूलको बिरुवा बिक्री गरेरे वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
orgageबाँझो रहेको दश रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिको फलफूलको नर्सरीबाट उत्पादित बिरुवा बिक्री गरेर वार्षिक सात लाख ५० हजारभन्दा बढीको आम्दानी गर्ने गरेका हुन् ।
आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरिलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायत फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा त त्यति राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षिक रु सात लाखभन्दा बढीको अम्दानी हुने गरेको छ ।”
अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले पनि असर नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उहाँले बताउनुभयो । उत्पादित फलफूलको नर्सरी प्रतिवटा रु २० देखि ५० मा घरैबाट बिक्री हुने गरेको छ उहाँको भनाई रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७१