काठमाडौं, २४ श्रावण । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले नेपालका व्यवसायिक कृषिको विकासका लागि गरेका प्रयत्नहरुका बारेमा जानकारी लिने उदेश्यले चिनियाँ सरकारी टोली र कृषि विकास मन्त्रालयका उच्चअधिकारीहरुवीच काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कृषि विकास मन्त्रालयका सहसचिव बिजयकुमार मल्लिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले आयोजना स्थापना उदेश्य सहित हालसम्म कृषिलाई व्यवसायिकरण गर्न गरेका कार्यक्रमहरुका बारेमा चिनियाँ प्रतिनिधिलाई जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक कार्कीले नेपालमा उत्पादन हुने कृषि बस्तुहरुका बारेमा जानकारी गराउँदै उच्चमूल्यका कृषि बस्तुहरु उत्पादनका लागि आयोजनाले साना किसानहरुलाई अनुदान तथा कृषि व्यवसायीहरुलाई समेत अनुदान प्रदान गरिरहेको बताउनु भयो । कार्कीको अर्गानिक कफी जापान, तथा जर्मनमा बढी निकासी हुने समेत बताउनु भएको थियो ।
उहाँले ७६ प्रतिशत जनताहरु कृषिबाट नै जीवन निर्वाह गरिरहेको बताउनु हुँदै ६० प्रतिशत जनता कृषि पेशामा नै संलग्न रहेको बताउनु भयो ।
कार्यक्रममा चिनियाँ टोलीका संयोजक जि फिङ्गले किवी फलको विकासका लागि सहयोग गर्ने बताउँदै प्रयोगशाला स्थापना, कृषि शिक्षा तथा तालीमका सहयोग गर्नेबताउनु भयो ।
कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र अधिकारीले नेपालमा पछिल्लो समयमा उत्पादन हुँदै गरेको किवी फलको विकाससँग बजार अनुसन्धान गरी बजारीकरणका लागि पनि आफूहरु क्रियाशील रहेको बताउनु भयो ।
प्याक्टको जानकारी लिंदै चिनिया सरकारी टोली

Add Comment