शुक्रबार, बैशाख ७, २०८१

मेचीनगरमा जैविक चियाखेती

CB-Jhapa-chiya baganकाँकडभिट्टा (झापा), २२ साउन । झापाको मेचीनगर र बाहुनडाँगीमा १५० जना किसानले २०० बिघा जग्गामा सहकारीमार्फत जैविक चियाखेती गरेका छन् । किसानहरूले सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था गठन गरी विगत दुई वर्षदेखि जैविक चियाखेती गरेका हुन् । उनीहरूले आफ्नो चिया बगानमा रासायनिक मल र विषादीको थोपा पनि प्रयोग गरेका छैनन् । चियाको ठूलो बजार भारतले रासायनिक मल र विषादी प्रयोग गरेको चिया खरिद नगर्ने जनाएपछि मेचीनगरका साना चिया किसानले आफ्नो उत्पादनलाई जैविक बनाएको सहकारीका अध्यक्ष दिलीप सुब्बा बताउनुहुन्छ ।
मेचीनगर– ७ र ८ तथा बाहुनडाँगीको वडा नं ३ का किसान सहकारीमा आबद्ध छन् । किसानले आफ्नो चिया बगान र गाउँलाई नै जैविक क्षेत्रमा परिणत गर्ने योजना बनाएका छन् । जैविक चिया उत्पादनतर्फ उन्मुख भएपछि सहकारीलाई चिया तथा कफी विकास बोर्ड र सीम नेपाललेसमेत सहयोग पु¥याएको छ । किसानले जैविक चियाखेतीमा मलका रूपमा गाईको गोबर र गड्यौले मल प्रयोग गरिरहेका छन् भने गाईको गहुँत, निमपत्तीलगायतबाट बनेको झोल पदार्थ किरा भगाउन प्रयोग गर्दै आएका छन् । रासायनिक मल र विषादी प्रयोग गर्न छाडेपछि चियामा किराको आक्रमण नभएको र बोटहरू रोगमुक्त हुँदै गएको चिया किसान केशरबहादुर अधिकारी बताउँछन् । ती किसानले हाल वार्षिक रूपमा सात लाख केजी हरियो चियापत्ती उत्पादन गर्दै आएका छन् । -कृषि साप्ताहि.

प्रकाशित मिति: बिहिबार, साउन २२, २०७१