शुक्रबार, चैत्र १६, २०८०

माछापालन व्यवसायबारे नार्कको अनुसन्धान

खजुरा, २१ साउन । तराई क्षेत्रमा माछापालनको सम्भावनाका बारेमा अध्ययन तथा अनुसन्धान थालिएको छ । जिल्लाका विभिन्न स्थानमा माछापालन व्यवसाय गर्न सक्ने सम्भावित क्षेत्रमा पोखरी निमार्णका विषयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र  (नार्क) खजुराले अनुसन्धान सुरु गरेको हो । अनुसन्धान केन्द्रमै हाल ३२ वटा पोखरी निर्माण गरिसकेको मत्स्यविज्ञ कमलेश श्रीवास्तवले बताउनुभयो ।
उहाँका अनुसार अहिले अनुसन्धानका लागि खनिएका पोखरीमध्ये छवटा पोखरीमा ७२ हजार माछाका भुरा र सात लाख हायलिङ चारदेखि पाँच दिनका माछा छाडी अनुसन्धान सुरु गरिएको छ । पहाड र हिमाली जिल्लामा चिसो पानीमा माछापालन गरिन्छ भने तराईका जिल्लामा पानी तातो हुने भएकाले तातो पानीमा माछापालन गरेर कसरी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विषयमा आफूहरूले अनुसन्धान गरिरहेको श्रीवास्तवले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१