आइतवार, जेष्ठ १३, २०८१

विषादीका कारण उपभोक्ताहरू महामारीको जोखिममा

जनकपुरधाम, २१ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बिक्रीका लागि राखिने हरियो तरकारीमा बढ्दो विषादी प्रयोग हुने भएकाले उपभोक्ता महामारीको जोखिममा पर्दै आएका छन् । मासिक रु दुई करोड बराबरको तरकारी व्यापार हुने लालबन्दीमा किसानले बेच्न राखेको हरियो तरकारी मिटर बोडी, करेला, परवल, लौकामा विषादीको मात्रा ९९ प्रतिशत रहेको कृषि विज्ञहरूको भनाइ छ । लालबन्दीमा बेच्न राखिएको बोडीमा विषादी उच्चमात्रामा प्रयोग गरिएको छ । उनीहरूका अनुसार बोडीमा मात्र ९८ प्रतिशत विषादीको निषेद दर भेटिएको छ ।
काँचो बोडीमा हप्ताको एकपटक तथा बोडीमा हप्ताको दुईपटक विषादी प्रयोग गर्ने गरेको लालबन्दीका किसानको भनाइ रहेको छ । नेपाल सरकारले क्लोरडेन, डिडिटी, डाइएटिड्रन, एन्ड्रिनलगायतका विषादी प्रतिबन्ध गरेको भए पनि पसलमा खुलेयाम यस्ता विषादी बिक्री वितरण हुने गरेको कृषि विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१