बुधबार, मंसिर १३, २०८०

उत्पादनमा वृद्धिका कारण मूल्य घट्न थाल्यो

चितवन, २१ साउन । साउन लागेसँगै अन्डाको मूल्य ओरालो लाग्न थालेको छ । किसानले अहिले प्रतिक्रेट रु २७० मा अन्डा बिक्री गरिरहेका छन् । यसअघि अन्डाको मूल्य प्रतिक्रेट रु ३२० पुगेको थियो । साउन महिनामा व्रत र चोखो खाने क्रम बढी हुने हँदा यो समयमा अन्डाको माग कम हुने व्यवसायी बताउँछन् । अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलले चितवनसहित बाहिरी जिल्लामा उत्पादन बढ्नु र साउनमा यसको खपत कम हुने भएकै कारण माग घटेसँगै मूल्यमा कमी आएको बताउनुभयो । दुई वर्ष अघिसम्म रु १६० प्रतिक्रेट मूल्य पर्ने अन्डा गएको असार महिनासम्म आइपुग्दा रु ३२० पुगेको थियो । अहिले यसको मूल्य क्रमशः घट्दै गएको हो । अघिल्लो वर्षको साउनमा अन्डाको मूल्य क्रेटको रु २०० थियो । चितवनमा पछिल्लो समय अन्डाको उत्पादन पनि घट्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१