बिहिबार, चैत्र १५, २०८०

आर्थिैक वर्षमा मुसुरो दालको निर्यातमा कमी

काँकडभिट्टा, २१ साउन । पूर्वी नाका काँकडभिट्टा हुँदै बाह्य देश निर्यात हुने मुसुरो दालको निर्यात गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७०र७१ मा रु एक अर्ब ९६ लाख बराबरको एक करोड ६६ लाख ६४ हजार ३५० केजीमात्र दाल निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०६९र७० मा रु दुई अर्ब ६३ करोड बराबरको दुई करोड १६ लाख ५६ हजार केजी मुसुरो दाल निर्यात भएको थियो ।
पूर्वी नाका काँकडभिट्टा हुँदै भारत, बङ्गलादेश र भुटानमा मुसुरो दाल निर्यात हुने गरेको मेची भन्सार कार्यालयका प्रमुख मुक्ति पाण्डेले जानकारी दिनुभयो । भन्सारले निर्यातबापत प्रतिकेजी रु एकका दरले सेवा शुल्क लिने गरेको छ ।     नेपालमा दालको उत्पादन घटेको कारण निर्यात पनि घटेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय डालमियाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१