शनिबार, बैशाख ८, २०८१

परीक्षणका लागि विभिन्न गाउँमा चियाखेती

म्याग्दी (बेनी), २० साउन । पहाडी जिल्ला म्याग्दीका विभिन्न गाउँमा परीक्षणका लागि गरिएको चियाखेती सफल भएपछि जिल्लामा व्यावसायिक चियाखेती सुरु भएको छ । चियाखेतीका लागि आवश्यक हावापानी, भौगोलिक अवस्था, माटोको परीक्षणपश्चात् म्याग्दीको विम, गौश्वारा, दाना, दग्नामलगायतका गाउँमा चियाखेती सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीको हावापानी चियाखेतीका लागि उपयुक्त पाइएको र परीक्षणका लागि गरिएको चियाखेती सफल भएकाले विस्तार गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुभयो । म्याग्दीमा अर्थोडक्स, तीनआली र केवन जातका चियाका बिरुवा लगाइएको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७१