बिहिबार, फाल्गुन १७, २०८०

मोदीले भने बिषादीको जानकारी किसानलाई दिऊँ

modi-in-ca1काठमाडौँ, १८ साउन । नेपाल सरकारको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभाको व्यवस्थापिकालाई सम्वोधन गर्ने क्रममा कृषि क्षेत्रमा बढ्दै गईरहेको बिषादी प्रयोगका बारेमा किसानहरुलाई जानकारी गराउनु पर्ने बताउनु भएको छ । किसानहरुलाई माटोको बारेमा जानकारी गराउनुका साथै कुन बिषादी कति प्रयोग गर्ने र के का लागि प्रयोग गर्ने भन्ने बारेमा जनचेतना जगाउनु पर्ने समेत बताउनु भएको छ ।
माटोको अवस्था र माटोको संवदेनशीलतालाई समेतन ध्यानमा राखी बिषादीको प्रयोग गर्नका लागि किसान समक्ष पुग्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको थियो ।

प्रकाशित मिति: आइतवार, साउन १८, २०७१