काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कृषि विकासका लागि अर्गानिक फार्म नै महत्वपूर्ण भएको बताउनु भएको छ । आज व्यवस्थापिका संसदमा विशेष सम्वोधन गर्नु हुँदै मोदीले नेपाल आफैमा अर्गानिक भएका कारणले पनि कृषि उपजहरु उत्पादनका लागि अर्गानिक फार्महरुको विस्तार गर्नु पर्ने बताउनु भयो ।
नेपालमा उत्पादन भएका अर्गानिक कृषि उपजलाई विश्वभरका बजारमा लैजान सकिने र डलर कमाउने सकिने भएकाले त्यसका लागि आफूले सहयोग गर्ने बताउनु भयो । भारतको सिक्किम पनि अर्गानिक कृषि उत्पादनमा सक्रिय भएकाले चर्चा गर्दै अर्गानिक उत्पादनका लागि नेपाल मात्र महत्वपूर्ण देश भएको समेत बताउनु भयो ।
Add Comment