बिहिबार, बैशाख १३, २०८१

कम्पोष्ट मल र रसायनिक मलको विषयमा किसानवर्गमा जनचेतना पु¥याउनु अतिनै आवश्यक छ -अम्मरराज खैर नि.सञ्चलक, कृषि सामग्री कम्पनी लि.

interview-3कम्पनीले विक्री गरेको भर्मिक कम्पोष्ट मल किसानले किन्न छाडे भन्ने सुनिन्छ नि  ?
किन्न छाडे भन्दा पनि त्यत्तिधेरै रुचि देखाएका छैन्न । यसको विभिन्न कारणहरु होलान् यसले तत्काल रिजल्ट नदिने भएका कारण,  युरिया प्रयोगमा जस्तो तत्काल बालीमा परिवर्तन नआएका कारण हुन सक्छ । भर्मिक मलले माटोको उर्वरा शक्तिलाई वचाई राख्छ । तर धेरै समय लाग्ने भएका कारणले गर्दा किसानले धेरै रुचि नदेखाएको हो कि जस्तो लाग्छ । अर्को कुरा कम्पोष्ट मलको  प्रचार प्रसारको कमी भएको पनि हुन सक्छ । यो मल उत्पादन भएको छ तर किसानसम्म प्रचार प्रसारमा कमी नै भएको हो कि जस्तो लाग्छ । हाम्रो काम भनेको मल वेच्ने हो, प्रचार प्रसार गर्ने हाईन । प्रचार प्रसारको कमीका कारण पनि विक्री कम भएको हुन सक्छ । अथवा यसको महत्व नबुझेका कारण पनि किसानले त्यति उत्साह नदेखाएको हो कि ।
यो मल सस्तोमा दि“दा पनि किसानले किन किनेन् त ?
नेपाल सरकारले रासायनिक मलको विकल्पमा रुपमा पनि यो मललाई लिएको छ । त्यसैले अनुदानमा किसानहरुलाई अत्यन्तै सस्तो मूल्यमा दिइएरहेको छ । प्रति केजी रु. ५ का दरले विक्री गर्दा पनि किसानहरुले रुचाएनन् यो मल । सायद किसानहरुले कम्पोष्ट मल पनि अन्य रासायनिक मल जस्तै तत्काल फाइदा दिने खोजेका कारण पनि यस्तो भएको होला ।
राजनीतिक चलखेलका कारणले निजी क्षेत्रका भर्मिकम्पोष्ट मल पनि कम्पनीले बेच्नुपर्ने भन्ने कुरा हो ?
त्यो कुरा त थाहा छैन । हामीलाई त नेपाल सरकारले एउटा मल विक्रीका लागि नीति वनाउ“छ त्यो नीति अन्र्तगत कार्यान्वयन गर्ने पक्ष हामी हो । मल विक्रीका लागि हरेक बर्ष एउटा लक्ष्य बनाएको हुन्छ । त्यही लक्ष्य अनुरुप हामीले खरिद र विक्री गर्ने गर्दछौ ।
नेपालमा सरकारले अनुदान दिएर उत्पादन गरेको कम्पोष्ट मल गुणस्तरीय छैन भन्ने सुनिन्छ नि ?
गुणस्तरीय छैन भन्न मिल्दैन हामीले किन्दा नेपाल सरकारको मान्यता प्राप्त र नेपाल सरकारले स्थापना गरेको माटो विज्ञान महाशाखाले चेक गरेका ठिक छ भनेपछि मात्र हामीले खरिद गर्ने हो । त्यसकारण मन्त्रालयले तोकेको मापदण्ड र गुणस्तर भएको कुरालाई हामीले गुणस्तर छैन भन्न मिल्दैन । तर भर्मिकम्पोष्ट मलले दिने परिवर्तन छिटो नभएकाले किसानले मन पराएनन् भन्न सकिन्छ । किसानहरुले खोज्ने चाडै परिवर्तन दिने खालको मल खोज्ने गर्दछन् ।
अहिले सरकारले कम्पोष्ट मलमा अनुदान दिईरहेको छ त्यो शक्ति भएकाले पात्र पाईरहेका छ भन्ने कुरा छ नि हो ?
सरकारले कम्पोष्ट मल आयात गर्नेहरुका लागि अनुदानको व्यवस्था गरेको छैन । सरकारले स्वदेशमा नै मल उत्पादन गर्नेहरुका लागि अनुदान दिने हो । मल उत्पादन गर्नका लागि आवश्यक मेशिन, त्यसमा प्रयोग हुने अन्य कच्चा पदार्थमा दिइने अनुदान कसरी दिन्छ भन्ने कुरा हामीलाई नै थाहा हुदैन । तर हामीबाट दिइने अनुदानमा त्यस्तो हु“दैन ।
कम्पोस्ट मल उत्पादनको लागि सरकारबाट अनुदान लिने र विक्रीका लागि पनि कृषि सामग्री कम्पनीलाई दवाव दिने भन्ने सुनिन्छ सहि हो ?
दवाव भन्दा पनि अनुदान भनेको सरकारको नीति हो । सरकारको नीतिले जे भन्छ त्यही गर्ने हो । दबावले केही पनि हु“दैन । जव रसायनिक मलले माटो विगा¥यो, माटोको उत्पादन  शक्ति ह्रास ग¥यो र माटोलाई उर्वर वनाउनको लागि कम्पोस्ट मल हाल्नु पर्छ भन्ने नया“ सोच आयो यो नेपालमा मात्र होइन विश्वमा नै आएको छ  । अहिले बिषादी प्रयोगको कुरा आईरह“दा यसलाई पनि विस्तारै न्यूनिकरण गरेर रोक्नु पर्ने अवस्था छ । त्यसकारण यो कम्पोस्ट मल प्रयोग भनेको त प्राङ्गारीक खेतीका लागि महत्वपूर्ण  खुड्किला जस्तै हो । त्यसकारणले सरकारले अनुदानको लागि नीति ल्याएको राम्रै हिसावले हो । जसले किसानहरुलाई प्रांगारिक खेती गर्न केही मात्रामा भएपनि उत्प्रेरित गर्ने गर्दछ ।
सरकारले के गर्दिए हुन्छ जस्तो लाग्छ ?
नेपाल सरकारले कम्पोस्ट मलको विषयमा पहिलेनै कुरा उठाउनु पथ्र्यो । अहिले आएर कम्पोष्ट मल ठूलो परिणाममा विक्री वितरण हुनु पर्छ भन्ने विषय ल्याएका छन् तर कम्पोष्ट मलको उत्पादननै १० हजार टन भईरहेको छ भने कसरी ५० हजार टन विक्री वितरण गर्न सकिन्छ ? यो विषय पनि बुभ्mनु पर्छ जस्तो लाग्छ ।  कम्पोष्ट मल हामीले विदेशबाट आयात गरेर सरकाले भने जति  विक्रिगर्न सक्दैनौ यो स्पष्ट छ । यस कारणले सरकारले यो विषयतिर ध्यान दिएर विस्तार–विस्तारै उत्पादनलाई प्रोत्साहन गर्दै लानु प¥यो । त्यसको गुणस्तरमा समेत वृद्धि गर्नु पर्छ किन भने यो भर्खरै शुरुवात भएकाले भने जस्तो र चाहिए जस्तो गुणस्तरको नहुनसक्छ । चाहिएको अथवा सोचे जस्तो गुणस्तरका लागि आवश्यक प्रविधि पनि हुनु त्यति नै आवश्यक छ । हामी कहा“ त्यस्तो किसिमको परिक्षण मेशिन अथवा प्रविधि पनि छैन । त्यसैले गुणस्तरका लागि आवश्यक परिक्षण पद्धति उलब्ध गराउनु आवश्यक छ ।  अर्को कुरा गुणस्तर कस्तो र कुन खाले हुनु पर्छ भन्ने सुनिश्चित पनि सम्बन्धित पक्षले तोकेको छैन । त्यो पनि सुनिश्चत हुनु पर्छ । साथै यस विषयमा सामान्य किसानहरु अर्थात तल्लो वर्गको किसानहरुसम्म पुग्ने गरेर जनचेतना अभिवृद्धि गर्ने कार्य गर्नुृ पर्छ । यदि यस्तो हुनसक्यो भने मात्र यसको प्रयोग बढ्न सक्छ ।
कम्पोष्ट मल प्रयोगको बारेमा किसानहरुलाई कसरी जागरुक गराउने त ?
सर्व प्रथम त कम्पोष्टको विषयमा किसानहरुमा यसका फाइदा र बेफाईदा दुबै विषयमा ज्ञान हुनु जरुरी छ । आजसम्म नेपालमा रासायनिक मलको प्रयोग गर्ने पद्धति निकै थियो र रसायनिक मलको प्रयोगले अन्नबाली पनि निकै उत्पादन हुने गथ्र्यो । अहिले आएर एक्कासी किसानहरुलाई रासायनिक मलको सट्टामा कम्पोष्ट मल प्रयोग गर्न भन्यो भने त्यति प्रभावकारी नहुन पनि सक्छ । त्यसैले कम्पोष्ट मल र रसायनिक मलको विषयमा किसानवर्गमा जनचेतना पु¥याउनु अतिनै आवश्यक छ । तल्लो वर्गको किसानहरुसम्म जनचेतना पु¥याउने कार्य सरकारी पक्षबाट हुनु पर्छ किन भने कृषि विकास मन्त्रालयका कृषि सेवा केन्द्रहरु पचहत्तरै जिल्लामा रहेका छन् । ती कृषि विकास केन्द्रको पहुूच तल्लो वर्गको किसानदेखि माथिल्लो वर्गसम्म रहेको हुन्छ । ती कृषि विकास केन्द्रको सहायतामा बेलाबेलामा गोष्टी सेमिनारहरु गरेर किसानहरुमा रसायनिक मलको र कम्पोष्ट मलको फाइदा र बेफाईदाका विषय जानकारी गराउनु आवश्यक छ । यो कार्य कठिन अवश्य छ तर असंभव भने छैन । जस्तै मैले अघि पनि भने विगतका दिनहरुमा किसानहरुले रासायनिक मल प्रयोग गरेर अन्नबालीबाट राम्रो उत्पादन गरिरहेका थिए भने एक्कासी कम्पोष्ट मल प्रयोग गर्दा सोचे जति र चाहे जति उत्पादन न हुन सक्ला जस्ले गर्दा खेरी किसानहरु आत्तिन पनि पनि सक्छन् । त्यसैले कम्पोष्ट मल उत्पादन र बिक्रि वितरण गुर्नु भन्दा पनि किसानहरुमा रसायनिक मल कम्पोष्ट मलको विषयमा विस्तृत जानकारी हुनु आवश्यक छ । साथै कृषि विकास मन्त्रालय र मनत्रालयकाका सेवाकेन्द्रहरु स“ग–स“गै हामी कम्पोष्ट मल उत्पादन कर्ता र बिक्रि वितरण गर्नेहरुले पनि यो कार्यमा विशेष पहल गर्न सक्नु प¥यो त्यसपछि मात्र हामीले नेपालमा कम्पोष्ट मलको प्रयोेग अधिक भन्दा अधिक रुपमा प्रयोग गर्न गराउन सक्छौ ।
तपाइले भने जस्तो त राज्यले गरेकै छ तर कहा“निर के अपुग भएको छ त ?
राज्यले कम्पोष्ट मल उत्पादन गर्न र बिक्रि वितरण गर्न अनुदानको व्यवस्था गरेकै छ यसमा कुनै दुई मत छैन तर राज्यले जुन प्रकारले अनुदान उत्पादन कर्ता र बिक्रि वितरणकर्तालाई दिईरहको छ ठीक त्यसरी नै यदि सोझै किसानलाई दिने हो भने किसानहरु झन् प्रभावित र उनीहरुलाई प्रोत्साहन समेत मिल्छ र कम्पोष्ट मल आफैले उत्पादन र प्रयोग गर्छन् जस्तो लाग्छ ।-कमला नेपाल

प्रकाशित मिति: आइतवार, साउन १८, २०७१